बाँस्कोटालाई ८ वर्ष जेल सजाय हुनसक्छ:- अधिवक्ता केसी
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार १९:४२:१४
९ फाल्गुण, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने देखिएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको सजाय हुने, कसुर गर्ने वा उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्था अन्तर्गत उनलाई सो सजाय हुने चर्चित अधिवक्ता गणेश केसीले नेपालबहस डटकमलाई बताए ।
जीटुजी अन्तरगत स्वीस कम्पनीका स्थानीय एजेण्टसँग सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७४ करोडको कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका बाँस्कोटाको निजी सचिवालयमा हिजै अख्तियारले छापा मारी कागजात नियन्त्रणमा लिएपछि यो प्रसंग उठेको हो । यदि साच्चै अख्तियारले गम्भीरतापूर्वक छानविन र कारवाही गर्ने हो भने अडियोमा प्राप्त ७४ करोडको ७० प्रतिशत अर्थात् ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात् २५ करोड ४५ लाख रुपैयाँ जरिवाना हुनसक्ने अधिवक्ता केसीको भनाई छ ।
चर्चित अधिवक्ता केसीका अनुसार भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा आकर्षित हुनेछ । त्यो भनेको कुल सजायको आधा हो ।
तर, ऐनको दफा २४ मा भएको थप सजायसम्बन्धी व्यवस्थाका कारण बाँस्कोटाले भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए थप ३ वर्ष कैद सजाय हुने व्यवस्था रहेको कानुन व्यवसायी गणेश केसीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार