दुई स्वास्थ्य चौकी भवन हस्तान्तरण
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २०:२०:५४
९ फागुन काठमान्डौ । बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित खासकुश्मा र कचनापुर स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको सहयोगमा आड्रा र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्वारा वडा नं १ मा रहेको खासकुश्मा स्वास्थ्य चौकी र वडा नं २ मा रहेको कचनापुर स्वास्थ्य चौकी भवनको निर्माण तथा नवीकरण गरी उपकरणसहित गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
जिल्लामा सञ्चालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाअन्तर्गत ती स्वास्थ्य चौकी मर्मतसम्भार र नवीकरण गरिएको हो । नवीकरण गरिएका भवनमा सुरक्षित प्रसूतिकक्ष, सुत्केरी सेवाकक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवासकक्ष लगायत बाथरुम, शौचालय, सेप्टिक ट्याङ्क, प्लासेन्टा पिट आदिको समेत निर्माण तथा स्तरोन्नति गरिएको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले जानकारी दिएका छन्।
उन्काअनुसार अत्यावश्यक नवजात शिशु स्याहारका लागि आवश्यक उपकरणको पनि व्यवस्था गरिएको छ । नवजात शिशु तथा बाल स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस परियोजनाले जिल्लाका भेरी अस्पताललगायत ४८ सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि उपकरण उपलब्ध गराउने तथा छ स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको योजनामा काम गरिरहेको छ ।
सन् २०१९ मार्चमा शुरु भई फेब्रुअरी २०२२ सम्म सञ्चालन हुने यस परियोजनाबाट बाँकेका पाँच लाख ६१ हजार ४९७ जना लाभान्वित हुने परियोजनाको कूल लागत रु १२ करोड ८६ लाख रहेको आड्रा नेपालका राष्ट्रिय निर्देशक लेटन फ्लेचरले जानकारी दिए।
“उपकरण तथा भौतिक सुविधासहितको संरचनाबाट विशेषगरी विपन्न वर्ग र समुदायका गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकालाई प्रत्यक्ष लाभ हुनेमा हामी विश्वस्त छौँ”, निर्देशक फ्लेचरले भने, “स्थानीय सरकारको प्राथमिकतामा रहेको स्वास्थ क्षेत्रमा काम गर्ने अवसर प्रदान गरेकामा स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।”
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले आड्रा नेपालले सञ्चालन गरेको कार्यक्रमले जनता प्रत्यक्षरूपमा लाभान्वित भएका बताए। गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले आड्रा नेपालले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन संरक्षण र सञ्चालनका लागि आवश्यक बजेट गाउँपालिकाले विनियोजन गर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार