शेयर कारोवार नयाँ इतिहास : आठ अर्ब ६९ करोडको कारोवार
नेपालबहस संवाददाता
फागुन १०, २०७६ आइतबार २:३:१५
१० फागुन काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भए । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोवारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो ।
साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भए ।
सोमबार नेप्से परिसूचक आज ३४ अङ्कले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो । झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।
मङ्गलबार नेप्सेमा १.७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु दुई अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।
बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम ग¥यो । त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद–बिक्री भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार