प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १५:९:५८
११ फागुन हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। प्रधानमन्त्री ओलीको ६९ औँ जन्मोत्सवको सुअवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले प्रधानमन्त्री ओलीलाई निरन्तर सक्रियताका लागि शुभकामना व्यक्त गरे ।
“निडर, निश्चल, अडिग अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई जन्मदिनको सुअवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । सन्देशमा अगाडि भनिएको छ, “तपाईंको उच्च मनोवल, दूरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकूलतालाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन् ।
चुनौतीका रुपमा रहेको प्रतिकूल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल अध्यक्षले आन्तरिक तथा बाह्य प्रहार, षड्यन्त्र आदिको सामना गर्दै त्यसलाई ऊर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेलेको भूमिकाको प्रशंसा जतिनै गरे पनि कम हुन्छ ।”
“समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न यहाँको नेतृत्वमा तीनवटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भई समन्वयका साथ अघि बढी इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन्”, सन्देशमा मुख्यमन्त्री पौडेलले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार