छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २१:३५:२६
११ फागुन काठमाडौं । काठमाडौं, तनहुँ, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका निखिलको वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ घर भएका २२ वर्षीय रुपेश तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, ब्यास नगरपालिका-१२ कमलबारीस्थित सडकमा ग.१ ख ९६१८ नम्बरको बसले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही नगरपालिका देउराली खानीगैरा बस्ने पैदलयात्री ५० वर्षीया बिष्णुमाया थापा घर्तिको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ स्थित पासाङल्हामु सडकमा लु.३ त ५४३२ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ९० वर्षीय पैदलयात्री साबिर जसगडको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाटस्थित सडकमा ना.५ ख ३७७७ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खस्दा ट्रक चालक मकवानपुर भैसे बस्ने ४५ वर्षीय बिखे थोकरको मृत्यु भएको भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका थोकरको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार