आजको मौसम : कहि मेघगर्जनसहित बर्षा कतै हिमपात
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १४:८:६
१२ फागुन काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जनाएको छ ।
अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । यस्तै सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती पनि देशका मध्य तथा पुर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिनसम्म बादल लाग्ने, सामान्य पानी पर्ने र घाम लाग्ने क्रम चलिरहने मौसमी बुलेटिनमा उल्लेख गरिएको छ। देशका मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसमको अवस्था : Present Weather Status
देशको पश्चिमी पहाडी भेगमा आँशिक बदली तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली को अवस्था रहेको देखिन्छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १२ गते (सोमबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फागुन १३ गते (मंगलबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहन्छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फागुन १४ गते (बुधबार)
दिउँसोः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी तथा मध्य पहाडी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : Warning/Advisory for next 24 hrs
देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल
बैशाख ६, २०८१ बिहिबार
रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
सभापति देउवा र अध्यक्ष नेपाल भेटघाटमा बैकल्पिक गठबन्धनको चर्चा
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार