कपिलवस्तुको कृष्णनगर नगरपालिकामा तीन महिनादेखि काम ठप्प
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २०:५२:३६
सन्निउल्ला धोबी
१२ फागुन कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृतविहीन भएको हो ।
गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायकपर्ने स्थानमा सरुवा भएर गएका थिए ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँच पटक काठमाडौँ धाउँदासमेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताए । शाहले पटकपटक सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उनले बताए । शाहले भने मैले तत्कालीन मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदयश त्रिपाठीलाई पटकपटक कार्यकारी पठाउन माग गरे तर हालसम्म कोही आएनन् ।
जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हालसम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुःखद् भएको उपप्रमुख सबनम खातुनले बताइन् । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उनले आरोप लागाइन्।
नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत वञ्चित भएका छन् ।
शिक्षक आन्दोलित
कृष्णनगर केही महिनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन् । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाभित्रका शिक्षकहरुले नगरपालिका तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्रसमेत बुझाएका छन् । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन् ।
चार÷चार महिनासम्म आफ्ना बालबच्चालाई उधारो खुवाउँंदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक सङ्घका नगर अध्यक्ष प्रल्हादप्रसाद पाण्डेयले बताए । तलबलगायत विद्यालय पूर्वाधार, खाजा, छात्रवृत्तिलगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सडकमा उत्रन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी दिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक सूचना गरे पनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी, उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताए । मन्त्रालयलाई आफ्नो राजनीतिका लागि दाउपेच चलाउन खोज्ने केही स्थानीय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पाँच महिनादेखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाइ छ ।
सत्तापक्षबाट प्रदेश कै पहिलो मुस्लिम महिला उपप्रमुख रहेको कृष्णनगर नगरपालिकामा सो दलको नेतृत्वमा रहेको मन्त्रालयले बाइपास गरेर गइरहेको उपप्रमुखका सल्लाहकार तुफेल खाँको आरोप छ । प्रशासकीय अधिकृत नआउँदा नगरपालिकामा स्वास्थ संस्थामा औषधिको कमी हुनुका साथै नगरपालिकाको सम्पूर्ण योजनाहरु ठप्प भएका छन् । योजनाहरु सञ्चालनमा नआउँदा बजेट फ्रिज हुने जोखिम पनि बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार