महाशिवरात्रीमा पशुपतिमा ४१ लाखको पूजा, २३ करोड बचत
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २२:२४:४४
१२ फागुन काठमाडौं । महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा ५०३ वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
महाशिवरात्रीका दिन विशेष पूजा गर्न चाहने भक्तजन धेरै भए पनि रात्रिकालीन समयमा मात्र अधिकांशलाई अवसर दिन सकिएको कोषले जनाएको छ । त्यस दिन बिहान २७ र दिउँसो १३ विशेष पूजा भएको थियो । बाँकी विशेष पूजा बेलुकी ८ बजे दर्शनार्थी भक्तजनको लाइन सकिएपछि गरिएको थियो । अधिकांश भक्तजनले रु २७ हजार र रु ५१ हजार बराबरको पञ्चामृत स्नान सहितको विशेष पूजाका लागि रसिद काटेका थिए ।
विसं २०६६ चैत २६ गतेदेखि पशुपतिमा हुने विशेष पूजा र भक्तजनले चढाउने भेटीघाटी दानपेटिकामा राख्न लगाई मासिकरूपमा कोषमा दाखिला गर्ने व्यवस्था गरिएको छ । वार्षिक विशेष पूजाबाट रु सात करोड र भेटीघाटीबापत रु छ करोड गरी रु १३ करोड उठ्ने गरेको प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए ।
वार्षिकरूपमा यही कोषबाट भट्ट, भण्डारीलगायत कर्मचारी तलबलगायत चालू खर्च हुन्छ । चालू खर्च कटाएर हालसम्म रु २३ करोड बचत रहेको कोषले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार