ठमेलमा पर्यटक प्रहरीको रात्रिसेवा शुरु
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:३४:३२
१२ फागुन काठमाडौं । राजधानीको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको ठमेल क्षेत्रमा पर्यटक प्रहरीले रात्रि सेवा शुरु गरेको छ । काठमाडौँ महानगरपालिका–१६, १७ र २६ मा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीले शिवरात्रिदेखि रात्रि सेवा शुरु गरेको हो । अहिलेसम्म पर्यटक प्रहरीले उक्त क्षेत्रमा दिउँसोमात्र सेवा प्रदान गर्दै आएको थियो ।
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपाली ठमेल क्षेत्रमा आउने पर्यटक रातिको समयमा ठगिने तथा लुटपाट हुने क्रम बढेपछि पर्यटक प्रहरीले रात्रिकालीन सेवा प्रदान शुरु गरेको बताइन् । “ठमेल क्षेत्रमा रात्रिकालीन सेवा प्रदान गरेसँगै सो क्षेत्रमा पर्यटक प्रहरी जनशक्तिसमेत थप गरेका छौँ”, उनिले भनिन् ।
ठमेल क्षेत्रमा रातिको समयमा भारतीय पर्यटक बढी ठगिन थालेको उजुरी पर्यटक प्रहरीमा आएको थियो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सुरक्षाको हिसाबले समेत सफल बनाउन रातिको समयमा सेवा प्रदान गरिएको पर्यटक प्रहरी प्रमुख कपाली बताउछिन् ।
विसं २०३५ माघ १२ मा स्थापना भएको भएको पर्यटक प्रहरीमा हाल २२७ जनाको दरबन्दी रहेको छ । हाल उपत्यकाको १० र उपत्यकाबाहिर १७ स्थान गरी २७ स्थानबाट पर्यटक प्रहरीले पर्यटकलाई सेवा दिइरहेको छ । पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ ।
पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रदर्शक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायत काम गर्दै आएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणा पर्यटक प्रहरीको रात्रिकालीन सेवासँगै ठमेल क्षेत्रको सुरक्षामा थप सहयोग पुगेको बताए । “ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई रोक्न परिषद्ले प्रहरीसँग सहकार्य गरेर काम गरिरहेको छ”, उनले भने । पर्यटक प्रहरीका अतिरिक्त ठमेल क्षेत्रको सुरक्षा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र महानगरीय प्रहरी वृत्त दरबारमार्गले गरिरहेको छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउछन् । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उनले भने ।
नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताउछन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री पर्यटक प्रहरीलाई समयानुसार सातै प्रदेशमा लैजाने बताउछन् । “पर्यटन विभागले आवश्यकता महसुस गरेर पर्यटक प्रहरी खटाउन आवश्यक ठाने हामी प्रहरी पठाउँछौँ”, उनि भन्छन् । नेपाल प्रहरीमा ७२ हजारभन्दा बढी जनशक्ति रहे पनि पर्यटक प्रहरीका रुपमा २२७ जनालाई खटाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार