कास्की प्रहरीका एसपी दम्पति नै कमाउधन्दामा, शान्तिसुरक्षा अलपत्र
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ३:५:४२
१२ फाल्गुण, पोखरा । कम्मल ओढेर ध्यु खाने स्वभावका कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले सादा पोशाकमा घुमुवा प्रहरी परिचालन गरेर व्यापक असुलीधन्दा चलाएको समाचार प्राप्त भएको छ । आफुलाई पूर्वएमाले कार्यकर्ता भएको दावी गर्ने एसपी कार्कीले अहिले सई टंक पौडेलको कमाण्डमा ८–१० जनाको जम्बो सिभिल टोली परिचालन गरि कास्की जिल्लाभित्र रहेका होटल, रेष्ट्रेण्ट, डिस्को क्लब तथा गिट्टीबालुवाका ठेकेदारहरुबाट मासिक मोटो रकम घुसवापत असुलीरहेको समाचार नेपालबहस डटकमलाई प्राप्त भएको छ ।
सो घुमुवा टोलीमा एकजना महिला प्रहरी जवान एलिजा पौडेल पनि रहेकी छन् । उनी एसपी कार्कीको खास विश्वास प्राप्त रहेको चर्चा प्रहरी कर्मचारीहरु बीच मै हुने गरेको छ । यो घुमुवा टोलीलाई एसपी कि धर्मपत्नी नविना कार्कीले परिचालन गर्ने गरेकोमा हाल सुचना लिक भयो भन्दै एसपी कार्कीले विचाैलियाकाे रूपमा परिचित राजेन्द्र तिवारी र लेकसाइडस्थित एक रेष्टुरेण्टका म्यानेजरलाई सहयोगीको रुपमा उठ्तीपुठतीको जिम्मा दिएको हाम्रो समाचार स्रोतको दावी छ ।
हालसालै मात्र एसपी कार्कीले पोखराको बीच शहर मै अवस्थित रामघाटमा रहेको गिट्टीबालुवा डोजर लगाएर उत्खनन् गर्न दिएवापत एलजी समुहका नाईके ललित गुरुङमार्फत मासिक १० लाख बुझ्ने गरेको समाचार स्रोतको भनाई छ । यस्तै बाग्लुङ जाने बाटोमा बगर क्षेत्र नजिकै रहेको याम्दी खोलाबाट पनि एउटा समुहले प्रहरी प्रशासनको सहयोगमा गिट्टीबालुवाको अवैध उत्खनन् र तस्करी हुने गरेको बताइएको छ । बिगत लामो समयदेखि सुस्ताएको एलजी समुह तथा अन्य गुण्डा समुहको गतिबिधि एसपी कार्कीको पोखरा आगमनसँगै सलबलाएको छ ।
यतिबेला पर्यटकीय शहर पोखरामा वेश्यावृत्ति तथा अन्य अवैध गतिबिधिहरु फस्टाएको छ । प्रहरीकै संरक्षणमा लेकसाइडका ६–७ वटा डिस्को क्लबहरु रातभर चल्ने गरेका छन् तर ससाना भट्टी पसल र दोहोरी रेष्टुरेण्ट भने रातको ११ नबज्दै बन्द गराउन ढोका मै प्रहरी भ्यान पुग्ने गरेका छन् । लेकसाइडमा बिगत लामो समयदेखि महेन्द्र भोटेले सञ्चालन गरेको ट्रेजर डिस्को क्लब होस् वा कर्मा लामाद्धारा सञ्चालित कर्मा डिस्को थेक बिहानसम्म खुल्ने गरेका छन् । यस्तै राजेश गुरुङले संचालन गरेको डुङ्गा रेष्टो एण्ड लञ्च बार, बीजीबी रेष्टुरेण्टले पनि ग्राहकसँग मनपरि मुल्य लिएर रातभर संचालन गर्ने गरेका छन् ।
यस्ता रेष्टुरेण्ट वा डिस्को थेकमा सज्जन मात्र होइन अपराधिक गतिबिधिमा संलग्न व्यक्तिहरुको बाक्लो उठबस हुने गरेको छ । गुण्डागर्दी, वेश्यावृत्ति तथा ठगी घटनाको अखडा यस्तै रात्री क्लब हुने गरेका छन् । कास्की प्रहरी कै संरक्षणमा निर्वाध रुपमा सञ्चालित यी डिस्को तथा रेष्टुरेण्टहरुले ग्राहकलाई चर्को मुल्य ठगेर पुलिसलाई हप्ताबारी र महिनाबारी बुझाउने गरेको समाचार स्रोतले बतायो । कास्कीका एसपी कार्कीलाई महेन्द्र भोटेको ट्रेजर डिस्कोले मासिक २ लाख, बीजीबी, डुङ्गा रेष्टो र कर्मा डिस्कोले मासिक एकएक लाख तथा प्रहरी र उनका अतिथिलाई दारुपानी निशुल्क गर्ने गरेको स्रोतको भनाई छ ।
स्थानीय प्रशासनबाट यी डिस्को तथा रेष्टुरेण्टले रातको २ बजेसम्म सञ्चालनको अनुमति लिएपनि बिहानसम्म नै संचालन गर्ने गरेका छन् । ट्रेजर डिस्कोमा प्रदेश सांसद तथा युवा संघमा पूर्व अध्यक्ष राजीव पहारीको पनि लगानी रहेको बताइन्छ । महेन्द्र भाेटेकाे खास नाम शिवजी गुरूङ हाे । उनी एलजी समुहमा हुदाँ कांग्रेस निकट थिए । राजीव पहारीले नै भाेटेलाई कांग्रेसबाट एमालेमा प्रवेश गराएका थिए । बैदामका स्थानीय बासिन्दाहरुले डिस्को, वार तथा रेष्टुरेन्टका कारण आम जनजीवनमा गम्भीर असर परेको भन्दै बन्द गराउन उच्च अदालत पोखरामा मुद्दा हालेपछि गण्डकी प्रदेश प्रहरीले रातभर सञ्चालनमा रोक लगाउन खोज्दा एसपी कार्कीले बैदामको भवन शिलान्यास कार्यक्रममा उल्टै निर्वतमान आईजीपी सर्वेन्द्र खनाललाई सन्काएर तत्कालिन डीआईजी विनोद घिमिरेलाई होच्याएको आरोप यहाँका प्रहरीहरुले नै लगाउने गरेका छन् । सो शिलन्यास कार्यक्रमको सम्बोधनका क्रममा आईजीपी खनालले डीआईजीलाई विनोद जी भन्नु तर उनै मातहतको जिल्ला एसपीलाई दान साहेब भनेर सम्बोधन गरेकोमा केही प्रहरीहरुले नोटिस गरेका थिए ।
आफुलाई खाँटी एमाले कार्यकर्ता भएको ढोगं गर्दै सत्तारुढ नेकपाका नेताहरुको चाकडीमा लिप्त भएर शान्तिसुरक्षा भन्दा लुटतन्त्रमा रमाएका एसपी कार्कीले हाल चेक बाउन्सको मुद्दा जिप्रकामा आएमा ५० प्रतिशत कमिशन जिप्रकामा राखेर मुद्दा मिलाउने, यदि नमिलेमा ठगीमा मुद्दा चलाउने धन्दा चलाएको स्रोतको दावी छ । यसैगरि जिप्रकामा बन्दै गरेको नयाँ भवनका ठेकेदारसँग कमिसनमा कुरा नमिलेपछि हालसम्म भुक्तानी नदिदाँ ती ठेकेदार तनावमा रहेको बताइन्छ । तत्कालिन डीआईजी विनोद शर्मा घिमिरेलाई हटाएर सुर्यप्रसाद उपाध्यायलाई पोखरा ल्याउन खोजेपनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हस्तक्षेप गरेपछि कार्की सफल हुन सकेनन् । दुवैजना तत्कालिन आईजीपी खनालको सचिवालयबाट पोखरा सरुवा भएपनि शुरुदेखि नै एसपी कार्कीले डीआईजीलाई असहयोग गरिरहेको बताइन्छ ।
निर्वतमान आईजीपी खनालको विशेष कृपामा कास्की जिल्ला सरुवा भएका एसपी कार्कीले पछिल्लो समय कर्मचारी प्रशासन शाखामा वा सेफसाईडको रुपमा सचिवालयमा फर्कन खोजेको प्रहरी स्रोतले बतायो । तर गृहसचिवले आफुलार्ई नचलाउनु भनी स्पष्ट आदेश दिएको भन्दै बैदामस्थित माउन्ट कैलाश होटलको बारमा बसेर नशाको सुरमा धाक लगाउने गरेको स्रोतको भनाई छ । उपचुनावको समयमा त्यत्रा बम विस्फोट हुदाँ समेत एकजना व्यक्ति पनि प्रक्राउ गर्न नसकी असफल ठहरिएका कार्की नै सो बम काण्डका योजनाकार रहेको आरोप पनि कतिपयले लगाउने गरेका छन् ।
सो बमकाण्डमा बैदामका डीएसपी कोमल शाहलाई कारवाही स्वरुप तानेर आफु पानी माथिको ओभानो हुन खोजेपनि विश्लेषकहरु ०७४ सालको निर्वाचनमा जहाँजहाँ कांग्रेसको राम्रो भोट आएको थियो तिनै ठाँउमा बम पड्कनु र दोषी फेला नपर्नुलाई एसपी कै जानकारीमा भएको घट्नाको रुपमा बुझ्ने गर्छन । अझ उनी मर्निङ्ग वाकमा जादाँ एकजना महिलालाई लिएर कहिले लभ्ली डाँडा त कहिले आफ्नो निवास पछाडि टिनको छानामा भेटिने गरेको रहस्य समेत समाचार स्रोतले बताएको छ।
बिगतमा सचिवालयमा हुदाँ भैरहवा जान मरिमेटेका एसपी कार्कीले अहिले आफ्नै सिफारिसमा डीएसपी राजकुमार केसीलाई कास्कीमा भित्र्याएका छन् । हालै उनकै जोडबलमा तक्मा समेत पाएका केसी र कार्कीको जोडी मिलेर यतिबेला व्यापक उठ्तीपुठ्तीमा तल्लीन रहेको स्रोतको दावी छ । यसअघि पनि एउटा तासजुवा काण्डमा यिनै एसपीका घुमुवा असई सन्तोष सुवेदी मुछिएका थिए । उनले आफैले छापा मारेको जुवा अखडाबाट एक लाख २५ हजार आफ्नै स्कुटीको डिक्कीमा राखेको समाचार सार्वजनिक भएको थियो । सो काण्डमा ती असई निलम्बनमा परेका थिए तर आदेश दिने एसपी कार्की जोगिएका थिए ।
गुल्मी स्थायी घर भएका कार्की दम्पति दुवै मदिरा प्रिय रहेको चर्चा अहिले पोखराका प्रहरी कर्मचारीहरु बीच नै हुने गरेको छ । विगतमा बानेश्वर वृत्तमा रहदाँ होस् वा बुटवल ईप्रकामा रहदाँ होस्, उठ्तीपुठ्तीमा कार्की बद्नाम पात्र रहेको बताइन्छ । सप्तरी जिप्रकामा डीएसपी रहदाँ एमालेद्धारा सञ्चालित मेचीकाली अभियानमा हालका प्रधानमन्त्री केपी ओलीको सुरक्षा गर्न नसकेको अभियोगमा कारवाही स्वरुप हेडक्र्वाटर तानिएका थिए ।
ईन्सपेक्टर हुदाँ लामो समय प्रहरी प्रधान कार्यालयको युएन शाखामा बसेका कार्कीले सिपाही, हवल्दार र असईलाई परिक्षामा पास गराईदिन्छु भन्दै पैसा, मोवाइल र ल्यावटप माग्ने गरेको एक प्रहरी अधिकृतले दावी गरेका छन् । सुडानकाण्ड लागेर हाल जेलजीवन बिताईरहेका तत्कालिन आईजीपी रमेश चन्दले यिनलाई १ नम्बरमा डीएसपीमा बढुवा गरेपछि यिनको भाग्य र घमण्ड चम्केको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
चैत ४, २०८० आइतबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार