प्रभावकारी बन्दै दिवा खाजा
नेपालबहस संवाददाता
फागुन १३, २०७६ मंगलबार १९:१९:४८
१३ फागुन, काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न र विद्यार्थी टिकाइराख्न तनहुँको व्यास नगरपालिकाले शुरु गरेको दिवा खाजा प्रभावकारी बन्दै गएको छ । गत पुस १ गतेदेखि शुरु भएको दिवा खाजाले विद्यार्थीलाई आकर्षित गरेको हो ।
व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वबन्धु पौडेलले दिवा खाजाले विद्यार्थीलाई विद्यालय नियमित आउने वातावरण सिर्जना गरेको जानकारी दिए । पौडेलले विद्यालय अनुपस्थित हुने गरेका विद्यार्थी पनि दिवा खाजाको व्यवस्था भएपछि विद्यालय आउन थालेका छन् । “नगरपालिकाले उपलब्ध गराएको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै जान थालेको छ,” उनले भने ।
व्यास नगरपालिका–११ शेरास्थित वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक शर्मिला पौडेल ओझाले कार्यक्रम शुरु भएको छोटो अवधिमा नै दिवा खाजाले विद्यार्थी आकर्षित गर्न सफल भएको जानकारी दिए । नगरपालिकाले नगर क्षेत्रभित्र रहेको ७५ वटा विद्यालयका बालविकास र एक कक्षाका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था शुरु गरेको छ । फागुन मसान्त सम्मका लागि नगरपालिकाले दिवा खाजाको व्यवस्था शुरु गरेको व्यास नगरपालिकाले जनाएको छ ।
दिवा खाजा कार्यक्रम लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने र शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुने विश्वास गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । बालविकास कक्षामा अध्ययनरत साना बालबालिकाले दिउँसोको खाजा आफैँ व्यवस्थापन गर्न नसक्ने हुँदा उनीहरुलाई खाजाको व्यवस्था सम्बन्धित विद्यालयले नै गरिदिने न्यौपानेले बताए ।
शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख नगेन्द्रराज रेग्मीका अनुसार बालविकासअन्तर्गत एक हजार एक सय १० र कक्षा १ का ७२१ विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको छ । दिवा खाजा कार्यक्रमका लागि प्रतिविद्यार्थी दैनिक रु १५ उपलब्ध गराइनेछ । रेग्मीका अनुसार दिवा खाजा कार्यक्रमका लागि रु २१ लाख १६ हजार १२५ विनियोजन गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पनि दिवा खाजाको व्यवस्थापन गर्ने जनाएको छ । “सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेपछि विद्यार्थी आकर्षित गर्न यो दिवा खाजा कार्यक्रम ल्याइएको हो,” रेग्मीले भने, “दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित हुने अपेक्षा गरेका छौँ ।”
तनहुँको म्याग्दे गाउँपालिकाले पनि विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन गत वर्षदेखि दिवा खाजाको व्यवस्था शुरु गरेको थियो । गाउँपालिकाभित्र रहेका २१ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन् । गाउँपालिकाभित्र ३१ वटा सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० वटा विद्यालयबाहेक आधारभूत, प्राथमिक र बाल विकास केन्द्र गरी २१ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम लागू छ ।
दिवा खाजाको व्यवस्था भएपछि विद्यार्थीको उपस्थिति प्रभावकारी बन्दै गएको छ । दिवा खाजा अभियानले सबै सामुदायिक विद्यालयलाई तयारी खाना जङ्कफुडमुक्त बनाउने अभियानलाई सहयोग पु¥याएको रानाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार