दक्षिण कोरियामा ‘सन् २०१९’ मा तीन लाख शिशुको जन्म
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २०:६:३०
१४ फागुन एजेन्सी । लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष ‘सन् २०१९’ मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले बताएका छन् ।
कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्तिहरु छन् तर जन्मदर भने सबैभन्दा न्यून छ । यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो सङ्कट आउने अवस्था सिर्जना भएको छ ।
कोरियाली तथ्याँक ब्यूरोले सन् २०१९ मा कूल ३ लाख ३ हजार १०० बालबच्चा जन्मिएको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो । मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ । प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाहरूको कूल संख्या हो । यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो ।
परम्परागत सामाजिक मूल्यमान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ ।
सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता १ खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ तर सन् २०६७ सम्ममा कोरियाली जनसंख्या ३ करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ । सन् २०६७ मा कोरियालीको मध्यम आयू बढेर ६२ वर्ष पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार