राष्ट्रिय विभूतिका नाउँमा पदमार्ग निर्माण
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार २३:४८:३९
१४ फागुन, बागलुङ । राष्ट्रिय विभूति अमरसिंह थापाको नाउँमा गलकोट नगरपालिका–७ मल्ममा पदमार्ग बनीरहेको छ । अमरसिंह पदमार्ग’ले सप्ताहघाट–बगाले थापा कुल मन्दिर–राम्चेढुङ्गा हुँदै पर्यटकीय लेक घुम्टेलाई जोड्ने छ । पदमार्ग निर्माण डेढ वर्षअघि शुरु भएको थियो । हालसम्म करिब एक किमिमा पदमार्ग बनेको छ । आउँदो महिना बगाले थापा कूल मन्दिरसम्म पुग्नेछ । राम्चे ढुङ्गासम्म जोड्न थप दुई किमि दूरी बाँकी छ । अर्को वर्षसम्म निर्माण सक्ने लक्ष्य लिइएको ७०० बगाले थापा समाज मल्मले जनाएको छ ।
पदमार्ग निर्माणमा अहिलेसम्म वडाको रु १५ लाख र समाजको रु सात लाख खर्च भएको छ । स्थानीयवासीको श्रमदान पनि परेको छ । “यो वर्ष वडाको बजेट छैन, हाम्रै आन्तरिक स्रोतबाट पदमार्गको काम भइरहेको छ”, समाजका अध्यक्ष दलबहादुर थापाले भने, “अर्को वर्षसम्म राम्चेढुङ्गासम्म पु¥याउन सके त्यहाँबाट अर्को पदमार्गमा जोड्न सकिन्छ ।” मल्मकै दरमखोलाछेउको भीमसेन ढुङ्गा–आँगाखेत–सिरबारे–मल्मडाँडा–भल्साङ–राम्चेढुङ्गा हुँदै घुम्टे जोड्ने अर्को पदमार्ग पनि निर्माणाधीन छ । ‘अमरसिँह पदमार्ग’लाई राम्चेढुङ्गामा लगेर सोही पदमार्गसँग जोड्ने समाजको योजना छ ।
राष्ट्रिय विभूति अमरसिंह थापाको सम्मानमा पदमार्ग बनाइएको समाजका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले बताए । मातृभूमिको रक्षा र स्वाधीनताका लागि अमरसिंह थापाको अतुलनीय योगदान रहेको उनको भनाइ छ । मल्म बगाले थापा बाहुल्य गाउँ पनि हो । राष्ट्रिय विभूति अमरसिंह थापा, भिमसेन थापालगायत पनि बगाले थापा वंशका हुन् । पदमार्ग बनेपछि पर्यटकीय गन्तव्य राम्चेढुङ्गा, घुम्टेलगायतका स्थानमा आउजाउ गर्न सहज हुनेछ ।
पर्यटनमैत्री हिसाबले नै पदमार्ग निर्माण गरिएको छ । स्थानीय सीप र स्रोत, साधन प्रयोग भइरहेको छ । पर्यटन प्रवद्र्धनको उद्देश्यले पदमार्गमा लगानी गरिएको वडा कार्यालयले जनाएको छ । पर्यटकसहित स्थानीयवासीलाई समेत पदमार्गले टेवा पु¥याउनेछ । दरमखोलाको भिमसेन ढुङ्गा हुँदै घुम्टे जोड्ने अर्को पदमार्ग निर्माणले पनि गति लिएको छ । उक्त पदमार्गका लागि गत आवमा गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु २० लाख बजेट छुट्टाएको थियो ।
करिब १५ किमिको सो पदमार्गलाई आगामी दुई वर्षभित्र घुम्टे पु¥याउने लक्ष्य छ । भिमसेन ढुङ्गादेखि राम्चेढुङ्गासम्म पहिलो खण्ड र राम्चेढुङ्गा, अजिराखर्क, तुलसी मैरो, भीमसेनलौरी हुँदै घुम्टेसम्मलाई दोस्रो खण्डमा बाँडेर काम भइरहेको छ । पदमार्ग बनेपछि प्राकृतिक सौन्दर्य, गाउँले संस्कृति र जीवनशैलीमा रमाउँदै पर्यटक घुम्टे पुग्नेछन् । पदमार्ग निर्माणमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पवर्तले समन्वय तथा अनुगमन
गरिरहेको छ ।
तीन हजार ११० मिटरको उचाइमा अवस्थित घुम्टे लेक प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण छ । घुम्टेको चुचुरोमा सिद्ध र भैरवको मन्दिर छ । वर्षेनी वैशाखे पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्छ । विगत आठ वर्षदेखि नयाँ वर्षको अवसरमा घुम्टेमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ । पर्यटकीय लेक घुम्टे र राम्चेढुङ्गालाई लक्षित गरेर निर्माण भइरहेका दुवै पदमार्गले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएको छ । ‘अमरसिंह पदमार्ग’छेउ सानाखोलामा अमरसिंह थापाकै अर्धकदको शालिक पनि राखिने भएको छ ।
आउँदो चैत १४ गते आयोजित कर्णेल उजीरसिंह थापाको २२४ औँ स्मृति दिवसका अवसरमा शालिक अनावरण गरिने ७०० बगाले थापा समाज मल्मले जनाएको छ । शालिक राख्नका लागि स्व। टोपबहादुर थापाको स्मृतिमा उहाँकी श्रीमती खिमाकुमारीले निःशुल्क जग्गा दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार