इटलीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १२:३६:११
१५ फागुन एजेन्सी । इटलीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको हो ।
युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र भएको अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ । इटलीमा फेला परेका कोरोना भाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन्।विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ।
गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्। कोभिड-१९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ।
इटलीको पछिल्लो अवस्थाकस्तो छ ?
मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन्। इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ।कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ।
अधिकारीहरूले भाइरस फैलने क्रम रोक्न उचित कदम चालिरहेको भन्दै सर्वसाधारणलाई पुनः आश्वासन दिन खोजिरहेका छन्। शैक्षिक संस्थाका साथै सिनेमा हल बन्द गरिएको छ भने कैयौँ सार्वजनिक कार्यक्रममाथि रोक लगाइएको छ। कोरोना भाइरसको प्रकोपले इटलीलाई आर्थिक मन्दीमा धकेल्न सक्ने आशङ्का बढाएको छ। त्रासका कारण हाल इटलीका क्याफे खाली छन् भने होटलहरुको बुकिङ रद्द भइरहेका छन्। अन्य विभिन्न मुलुकहरूको अवस्था पनि त्यस्तै छ।
इटलीका स्वास्थ्यमन्त्रीसँग भेटघाटपछि स्वास्थ्य मामिला हेर्ने युरोपेली सङ्घका एक आयुक्तले भनिन्स् ‘यो चिन्ताको विषय हो। तर हामी आत्तिनु हुँदैन।’ ‘यो भाइरसबारे अझ धेरै कुरा थाहा हुन बाँकी छ, विशेषतः यसको उत्पत्ति र यो कसरी फैलिन्छ भन्ने जस्ता विषय।’
यता अन्य युरोपेली राष्ट्रहरूको अवस्थामा बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डले कोरोना भाइरसको पहिलो सङ्क्रमण भेटिएको बताएका थिए। इटली गएका मानिसहरूमा त्यो भाइरस देखिएको थियो। पछि स्पेन, जर्मनी र फ्रान्समा पनि थप सङ्क्रमणका घटना सार्वजनिक गरिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार