विद्युतीय बस : सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्यो
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १८:२२:५३
१५ फागुन काठमाडौं । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए।
उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले भने, “विद्युतीय बसको स्पेशिफिकेशन, मोडालिटिलगायतका कुरामा छलफल भइरहेको हो ।”
सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा संस्थाको रु तीन अर्ब बराबरको शेयर खरिद गरेको थियो । पहिले दिइएको भन्दा संस्थाले ‘स्पेशिफिकेशन’ फरक भएको र बस खरिद अघि नबढेको भन्दै सरकारले चार महिनापछि कात्तिकमा सो रकम फिर्ता गरेको हो ।
संस्थालाई दिइएको रकमसँगै ब्याजसमेत फिर्ता लिइएको मन्त्रालयका प्रवक्ता प्रधानले बताए । रकम फिर्ता भएसँगै सरकारले नयाँ प्रक्रियाबाट खरिद प्रक्रिया गर्न तयारी अघि बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार