घरेलु उत्पादन बजारीकरण गर्न कोशेलीघर
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार १९:२५:२५
१५ फाल्गुण, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा कोशेली घर सञ्चालन भएको छ । आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको बजारीकरण गर्न कोशेलीघर सञ्चालन गरेको हो ।
दरबाङ र आसापासका क्षेत्रमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु सङ्कलन गरेर बजारीकरणमा सघाउन कोशेलीघर शुुरु गरेको संस्थाका अध्यक्ष तिलकबहादुर सिंहले बताए । कृषकले उचित मूल्य र वस्तुले बजार नपाउने तथा उपभोक्ताले महङ्गोमा खरिद गर्नुपर्ने समस्या हटाउन कोशेलीघरले सहयोग पुग्ने अपेक्षा गरिएको छ । विचौलीयाको समस्या न्यूनीकरण भई कृषक तथा उद्यमीलाई सहयोग पुग्ने अध्यक्ष सिंहले बताए ।
कृषकबाट तरकारी, फलफुल, गेडागुडी र खाद्यान्न खरिद गरी उपभोक्तालाई स्वस्थ वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने संस्थाको लक्ष्य छ । कोदो, मकै, भटमास, गहत, तरुल, फापर, बोडी, सेल्टुङ, आलु, किबी, सुन्तला, केरा, साग, धरजा, मुला, सिमी, केराउलगायत कृषिउपज सङ्कलन गरेर बिक्री गर्न थालिएको छ ।
यसैगरी संस्थामार्फत ढाडखर्कमा व्यावसायिक गाईभैँसीपालन गरेर दूध उत्पादन र बिक्री वितरण गर्ने तयारी गरेको छ । दूध, घ्यू, खसी, कुखुरालगायत पशुपक्षीको बजारीकरणमा सघाइने अध्यक्ष सिंहले बताए ।
संस्था आफैँले लगानी गरेर उपल्लो दुखुमा व्यावसायिक भटमास र सिमीखेती गर्न १० वर्षलाई १५० रोपनी जग्गा लिएको छ । जग्गाधनीले बाझिएको जग्गा निःशुल्क उपलब्ध गराउने लिखित सम्झौता गरेका छन् । कूल १५३ जना शेयर सदस्य रहेको संस्थाले माघको दोस्रो हप्तादेखि कोशेलीघर सञ्चालन गरेको थियो ।
दरबाङ गुरिल्ला र धौलागिरि चक्रीय पदमार्गको प्रवेशद्वार हो । स्वदेशी तथा विदेशी पर्यटकले कोशेली घरबाट सामान खरिद गर्न सक्नेछन् । साविक दरबाङ गाविसका विभिन्न बस्तीलाई फरकफरक बालीको पकेट क्षेत्र बनाइएको छ ।
पकेट क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणलाई सहज र कृषकलाई व्यावसायिक बनाउन सहकारी संस्थामार्फत पहल गरिएको दरबाङका वडाध्यक्ष सन्तोष सुवेदीले बताए । हावापानी र सम्भावनाका आधारमा दिच्याममा किबी, ढाडखर्कमा तरकारीको पकेट क्षेत्र बनाइएको छ ।
कोशेलीघरबाट दरबाङका साथै बिम, देविस्थान, ओखरबोट, रुम, निस्कोट, धवलागिरि र तमानखोला गाउँपालिकाका कृषकलाई सुविधा पुग्ने उनले बताए । कृषि उपज किन्न सहकारीका कर्मचारी कृषकका घरमै पुग्ने गरेका छन् । उत्पादन वृद्धि भएपछि सहकारीमार्फत निकासीकोसमेत व्यवस्था मिलाउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार