पुस्तक आयातमा लागेको कर तत्काल हट्दैन : डा. युवराज खतिवडा
नेपालबहस संवाददाता
फागुन १५, २०७६ बिहिबार २१:४६:४९
१५ फागुन काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षदेखि सबै किसिमका पुस्तकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाएपछि अहिले चारैतिर त्यसको विरोध भैइरहेको छ । पुस्तक आयातमा लागेको करको विरोध भैइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले कर तत्काल नहट्ने बताएका छन् ।
सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका खतिवडाले अर्को संसदले छलफल गरेर नटुंग्याएसम्म नयाँ निर्णय नहुने बताए ।
बिहीबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले विभिन्न मुलकले पुस्तक बिक्रीमा ५ देखि १८ प्रतिशत कर लगाउने गरेको बताए । नेपालमा अर्बौं लगानी गरेर छापाखाना खुलेकाले स्वदेशी उद्योगलाई संरक्षण गर्नु सरकारको दायित्व भएको बताए ।
नेपालमा खुलेका छापाखानाले कागज ल्याउँदा समेत १५ प्रतिशत कर तिर्नुपर्ने भएकाले उनीहरुले कर नै नतिरेर ल्याउने पुस्तकसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । कर नलिने भएपछि जति मूल्यांकन गरे पनि हुने र सरकारले पनि ध्यान नदिने भन्दै उनले भने, ‘पुस्तकको ब्यापार भनेको ज्ञानको व्यापार होइन । पुस्तकको ब्यापार गर्दा नाफा कमाइन्छ भने सरकारलाई कर पनि तिनुपर्छ ।’ पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशत नाफा हुने भन्दै उनले ब्यापारमा कर लगाउने प्रष्ट पारे । यसबारे आफू बहस गर्न तयार रहेको समेत उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार