युपिआरको तेस्रो प्रतिवेदन तयारीबारे छलफल शुरु
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार ३:१६:६
१५ फागुन काठमाडौं । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले हरेक साढे चार वर्षको अन्तरालमा मानवअधिकारको समीक्षा गर्ने प्रावधानअनुसार गैरसरकारी संस्थाले प्रतिवेदन तयारीबारे छलफल शुरु गरेका छन् ।
मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा युपिआरका लागि गैरसरकारी संस्थाको नेतृत्व गरिरहेको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज युपीआरका विषयमा प्रतिवेदन तयारीका लागि छलफल शुरु गरेको हो ।
इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानवअधिकारको अवस्थाका बारेमा संयुक्त राष्ट्रसङ्घमा गरिने छलफलमा नेपालको मानवअधिकारको अवस्थाका बारेमा कुनै पनि विषय छुटाउन नहुने सुझाव राखे । गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले कानूनमा लेखिएका अधिकारलाई व्यवहारमा उतार्न राज्य तथा सरोकारवाला लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य सीता सुवेदीले सबैका लागि सबै अधिकारको उपभोगमा समान पहुँच हुनुपर्ने सुझाव दिए । काठमाडौं स्कुल अफ ल का सहप्राध्यापक कपिल अर्यालले सातै प्रदेशबाट सुझाव लिएर प्रतिवेदन तयारी गर्ने क्रममा रहेकाले केही छुटेका भए यो कार्याशालाबाट परिपूर्ति गर्नेमा जोड दिए । अधिवक्ता लक्ष्मी पोखरेलले सङ्क्रमणकालीन न्यायका सवालमा सर्वोच्च अदालतको पैmसला अनुसार ऐन संशोधन गर्नुपर्ने विषयलाई पनि प्रतिवेदनमा छुटाउन नहुने सुझाव दिए ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले युपिआरका लागि इन्सेकले पहिलो चक्रदेखि नै प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको जानकारी दिए । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले हरेक साढे चार वर्षको अन्तरालमा मानवअधिकारको समीक्षा गर्नुपर्ने प्रावधानलाई ‘विश्वव्यापी आवधिक समीक्षा’ यूपिआर भनिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २००६ मा मानवअधिकार परिषद् स्थापना गरेको थियो ।
विश्वव्यापी आवधिक समीक्षाका लागि नेपालका तर्पmबाट ३०० भन्दा बढी नागरिक सङ्घसंस्था सम्मिलित तीन सञ्जाल गैरसरकारी संस्थाको सञ्जाल नेपाल, महिलाको राष्ट्रिय सञ्जाल र नेपाल डर्बन सम्मेलनको अनुपरीक्षण समितिले संयुक्त प्रतिवेदन तयार गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार