आज अपरान्हपछि हल्का बर्षा !
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १३:३२:५८
१६ फागुन काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसमी बुलेलिन अनुसार आज अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
यस्तै आज राती देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित नहुँदा देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १७ गते (शनिबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
फागुन १८ गते (आईतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार