कोरोनाको संक्रमण विश्वव्यापी फैलिने जोखिम अति उच्च : डब्लुएचओ
नेपालबहस संवाददाता
फागुन १७, २०७६ शनिबार १४:४५:२
१७ फागुन एजेन्सी । नोवेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।
विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । इरानका सरकारी अधिकारीले शुक्रबारसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको बताए पनि अस्पताल स्रोतहरुले भने मृत्यु हुनेको संख्या कम्तिमा २१० रहेको बताएका छन् । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।
डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुस
विश्वव्यापी रुपमा अहिलेसम्म ८० हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ र झण्डै २८ सयजनाको मृत्यु भएको छ । संक्रमित तथा मृत्यु हुने अधिकांश चीनका छन् । चीनमै पनि अधिकांश हुबेइ प्रान्तको वुहान शहरका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप स्वीट्जरल्याण्डले एक हजार जनाभन्दा बढी मानिस भेला हुने सबै कार्यक्रम मार्च १५ सम्मका लागि रद्द गरेको छ । यस्तै आइसल्याण्ड, नाइजेरिया, मेक्सिको, न्युजिल्याण्ड, बेलारुस तथा नेदरल्याण्डसमा पनि कोरोनाको संक्रमण पुगेको छ ।
चार महादेशका यी ६ देशमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । विश्वका ५० भन्दा बढी देशमा संक्रमण फैलिएको भए पनि कोरोनाको संक्रमण विश्वव्यापी महामारी भने नरहेको डब्लुएचओले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार