कांग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख
नेपालबहस संवाददाता
फागुन १७, २०७६ आइतबार २:९:२७
१७ फागुन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् ।
सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुङ्गानालाई वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग र महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभागको प्रमुखमा मनोनयन गरेका हुन्।
यसैगरी केन्द्रीय सदस्यहरु शङ्कर भण्डारीलाई तरुण विभाग, सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा ९प्रवक्ता० लाई सूचना, सञ्चार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा टे«ड युनियन विभागको प्रमुखमा मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजै पार्टीको विधान तथा नियमावलीको व्यवस्थाबमोजिम सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्णकिशोर घिमिरे ‘दाङ’, गोपालकुमार बस्नेत ‘झापा’, सुधीरकुमार शिवाकोटी ‘झापा’, मनोहरनारायण श्रेष्ठ ‘धनकुटा’ र धु्रव वाग्ले ‘तनहुँ’लाई मनोनयन गरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार