धनगढीको विकासका लागि दिशानिर्देश सम्मेलन
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार २२:३८:३३
१८ फागुन, कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा विकास सम्मेलन शुरु भएको छ । सम्मेलनको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले उद्घाटन गर्दै राष्ट्रको विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।
उनले भने, “हामी अहिले स्रोतको पहिचानविनै विकासको योजना कार्यान्वयन गरिरहेका छौँ । यसले राम्रो परिणाम दिएको छैन ।” उनले कार्यान्वयनयोग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने पनि बताए । उनले आयोजना चक्र व्यवस्थापनको सिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जानकारी दिए ।
उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले धनगढीको विकासका लागि दिशानिर्देश गर्न सम्मेलन गरिएको बताएका छन् । उनले नगरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारको दायरा फराकिलो बनाइनेलगायत विषयवस्तु समावेश गरिनेजस्ता विषयवस्तु सम्मेलनमा प्रस्तुत गरिन लागेको बताए । सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य परियोजना बैंक प्रस्तुत गरिँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीमा नेपालको झण्डाको अवस्था !
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार