देउवाद्वारा एकपक्षीय विभाग गठन, आज सात विभाग प्रमुख तोकिए
नेपालबहस संवाददाता
फागुन १९, २०७६ सोमबार २२:५:२०
१९ फाल्गुण, काठमाडौं । विधानले दिएको कार्यकाल सकिन एकदिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दोस्रो चरणमा सातजना केन्द्रीय सदस्यलाई विभागिय प्रमुख तोकेका छन् । संस्थापन इतर पक्षको चर्काे विरोध र बहिष्कारबीच देउवाले भटाभट विभाग गठन गर्न थालेका हुन् ।
आज मनोनयन गरिएका विभागमा शुभेच्छुक तथा समन्वय विभागको जिम्मेवारी एनपी सावदलाई दिइएको छ । यस्तै अम्बिका बस्नेतलाई वातावरण तथा विपद व्यवस्थापन विभागको प्रमुख बनाइएको छ भने ईश्वरी न्यौपानेलाई महिला विभाग जिम्मा लगाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी राज्य प्रशासन विभाग प्रमुखमा केशवकुमार बुढाथोकी रहेका छन् भने मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग प्रमुख बनाइएको छ । साथै वीरबहादुर बलायरलाई निर्माण व्यवसाय समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख जिम्मा लगाइएको छ । आज मनोनित हुने सातै जना देउवा पक्षीय हुन् ।
यसअघि गत शनिबार पनि देउवाले असन्तुष्ट पक्षको बिरोधकै बीच १३ वटा विभाग गठन गरेका थिए । जसमा गोपालमान श्रेष्ठलाई संगठन विभाग प्रमुख बनाइएको छ भने प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, प्रचार तथा सञ्चार विभाग दिइएको छ । यसैगरी रमेश रिजालले संघीय मामिला एवं प्रदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने फरमुल्लाह मन्सुरलाई मुश्लिम विभाग दिइएको छ ।
यस्तै स्थानीय तथा समन्वय विभागमा अर्जुनप्रसाद जोशी परेका छन् भने आनन्दप्रसाद ढुंगानालाई वित्तीय तथा सहकारी संस्था प्रमुख बनाइएको छ । शंकर भण्डारीलाई तरुण विभाग प्रमुखको जिम्मेवारी दिंदा अजय चौरसियालाई तराई मधेश प्रमुख बनाइको छ । यस्तै आदिवासी जनजाति विभाग प्रमुखमा सीता गुरुङलाई ल्याइएको छ भने गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क विभाग प्रमुख तोकिएको छ । साथै चीनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग प्रमुख बनाइएको छ भने शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख तोकिएको छ ।
देउवाले पाँच जनालाई आमन्त्रित केन्द्रीय सदस्य समेत तोकेका छन् । जसमा दाङका कृष्णकिशोर घिमिरे, झापाका सुधिरकुमार शिवाकोटी ,झापाका गोपालकुमार बस्नेत , धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्ले रहेका छन् ।कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर देउवाले यो मनोनयन गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार