अर्थमन्त्री डा. खतिवडाको पुन नियुक्ती हुने
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १७:४२:१२
२० फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्यका रुपमा आज अर्थमन्त्री डा. युवराज खतिवडाको अन्तिम दिन हो । नेपालको संविधान २०७२ अनुसार संघीय सरकारको मन्त्री बन्न प्रतिनिधिसभा वा राष्ट्रियसभाको सदस्य हुनु अनिवार्य छ । यसको मतलव भोलिबाट डा. खतिवडाको पद के होला भन्ने अन्योल सर्वत्र फैलिएको छ । तर सूत्र भन्छ डा. खतिवडा भोलि सोही मन्त्रालयको कार्यभारसहित पुनः नियुक्त हुँदै छन् ।
प्रधानमन्त्री के पी ओली हिजो अस्पताल भर्ना हुनु अघि नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष यस्तो सिफारिश गरिसकेका छन् । ओलीको भोलि शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण हुँदै छ । ओलीको अनुपस्थितिमा सबै काम उप–प्रधानमन्त्री एवं रक्षाामन्त्री ईश्वर पोख्रेलले गर्ने भएकाले डा. खतिवडाको सपथ कार्यक्रममा कुनै समस्या पर्दैन । राष्ट्रियसभा सदस्यका रुपमा भने डा. खतिवडालाई पछि कुनै रुपमा मिलान गर्ने ओलीको तयारी रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवाय बैठकले गत बुधबार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिश गरेपछि विवाद चुलिएको हो । प्रधानमन्त्री ओली डा. खतिवडालाई नै निरन्तरता दिने पक्षमा देखिएका छन् ।
अहिले कसैलाई पनि राष्ट्रियसभाको रिक्त सदस्यमा सिफारिश नगर्ने तर अर्थमन्त्रीलाई भने पुन नियुक्त गर्ने रणनीति ओलीले बनाएको सूत्रले जानकारी दिएको छ । भोलिबाट १८ जना राष्ट्रिय सभाबाट निवृत्त हुँदै छन् । जसमा नेकपाका ८ , नेपाली काँग्रेसका ६ , समाजवादीका २ , राजपाका १ र मनोनित १ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार