ओलीको नयाँ रणनीति
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार २०:३६:३९
२० फागुन, काठमाडौं । प्रधानमन्त्री के पी ओली अहिले अस्पतालको शैयामा छन् । मृगौला प्रत्यारोपणको दोस्रो इनिङका लागि उनी अस्पताल भर्ना भएका हुन् । भोलि बुधबार उनको शल्यक्रिया मार्फत मृगौला प्रत्यारोपण हँदै छ । हिजो साँझ अस्पताल पुग्दा उनी बलियो आत्मविश्वास देखाउँदै थिए ।
अस्पताल जानु अघि नेपाली जनतालाई आफ्नो स्वास्थबारे आश्वस्त पार्न भिडियो रेकर्डिङसमेत गर्न भ्याए । कुशल खेलाडीले बीचैमा मैदान नछाड्ने भन्दै गहन राजनीतिक सन्देशसमेत प्रवाहित गरिरहेका थिए ओली ।
जीवन सधैं संघर्षमा बितेको बिगतको स्मरण मात्र गरेनन् अपितु उनले वर्तमानको राजनीतिक संकटको सामना गर्ने सन्देश पनि दिए । जे भएपनि उनले आफ्नो स्वास्थ उपचारमार्फत राजनीतिक सन्देशसमेत प्रवाहित गरे । ओलीले गर्न लागेको मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ लाभको कामना सबैले गरेका छन्, हाम्रो पनि शुभकामना ।
अलि फरक प्रसंगलाई यहाँ जोड्न खोजिएको छ, त्यो के भने ओलीले अहिले नै किन मृगौला प्रत्यारोपण गर्न चाहे त ? यो कोणबाट धेरै विश्लेषण गर्न खोजिएको छैन । राजनीतिक संकट आइलागेको बेला मानसिक रुपमासमेत तनाव थपिएको बेला हो अहिले ओलीका लागि । तर यसैबेला किन उनले यस्तो निर्णय गरेका होलान् भन्ने चासो धेरैमा रहेको छ ।
वास्तवमा ओली हरेक दृष्टिले हिसाब किताब गरेर राजनीति गर्ने चतुर नेता भएको ठम्याई कतिपयको छ । राजनीतिक रुपमा यतिबेला उनी ज्यादै संकटमा छन् । पार्टी भित्रको उनको पकड फितलो हुँदै गएको देखिन्छ । दुई तिहाई समर्थन नजिक रहेपनि उनी निरिह प्रधानमन्त्री बन्ने खतरामा रहेका छन् । घटनाक्रम हेर्दा उनको ओज र शक्ति क्षयीकरण भएकै निश्कर्ष निकाल्न सकिन्छ ।
अहिले पार्टी भित्र धेरै चलखेल गर्न नसक्ने अवस्था उनले विश्लेषण गरेकै हुन् । पुष्पकमल दाहाल विस्तारै हावी हुने वातावरण तयार भएको उनले राम्रैसँग चाल पाइसकेका छन् । वामदेव गौतमको काँधमा बन्दूक राखेर फायरिङ सुरु भइसकेको उनलाई ज्ञात नभएको होइन ।
उनले धेरै कोशिश गरे, यो अवस्था नआओस् भनेर । तर जब भैंसेपाटी बैठकबाट आफू घेराबन्दीमा परेको ठहर गरेपछि भने उनी रक्षात्मक भूमिकामा देखा परे । अझ गएको साता उनी विरुद्ध अविश्वास प्रस्तावसमेत ल्याउने तयारीमा प्रचण्ड, माधव नेपाल लगायत नेताहरु तयार भएको भेउ पाएपछि भने उनी अर्काे रणनीति बनाउन वाध्य भए । त्यो हो – स्वास्थ रणनीति ।
आफू विरुद्धको परिवेशलाई तत्काल मत्थर पार्न नसक्ने बुझेका ओलीले यसै बीचमा मृगौला प्रत्यारोपण गर्ने रणनीति बनाए । वामदेवलाई राष्ट्रियसभामा लैजान सचिवालयले दिएको निर्देशन अवज्ञा गर्ने निहुँ चाहिएको थियो ओलीलाई । त्यसैले यो प्रकरणबाट ध्यान मोड्नका लागि उनी अस्पतालको शैयया पुगेका छन् ।
अबको केही हप्ता उनी बिरामीको आवरणमा आलोचनामुक्त हुन चाहन्छन् । बिरामी ओलीलाई राजनीतिक तनाव दिनु भनेको मानवीय संवेदना विपरित हो भन्ने सन्देश प्रवाहित गर्न उनी चाहन्छन् । नभन्दै परिस्थिति त्यस्तै बन्दै छ । वामदेवलाई राष्ट्रियसभामा नलैजान यस्तै बाहना चाहिएको छ ओलीलाई ।
अस्पतालको शैय्यामा होस् वा आराम गर्ने नाममा बालुवाटार बसाईमा किन नहोस् ओली तुलनात्मक रुपमा अब सुरक्षित रहने छन् । आफू विरुद्ध संभावित मोर्चाबन्दीलाई मत्थर पार्न यस अवधिमा उनले अर्काे फण्डा तयार गर्ने छन् । त्यसैले अब ओलीको नयाँ मृगौलाले गर्ने काम पनि नयाँ शीराबाटै गर्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज 'ए' टिमको लगेज लोड गरेको गाडीको तस्बिर बन्यो भाइरल, क्यानको तीव्र आलोचना !
बैशाख १२, २०८१ बुधबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार