सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार २१:५७:९
२० फागुन, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरे ।
सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लागि राखिनुपर्नेमा केही व्यक्तिको फाइदाका लागि बाँडिदा पछि आइपर्ने समस्याका बारेमा बेलैमा सचेत हुन उनले आह्वान गरेकी हुन् । अर्का सांसद इन्दु कडरियाले नेपालको वनजङ्गलमा पाइने जडीबुटी बाहिरिने तर औषधि महँगो भएर भित्रिने गरेकाले देशमै त्यसलाई उपयोग गर्ने विषयमा भएको कामका बारेमा जानकारी दिन सरकारसँग माग गरेकी छन् ।
सांसद कविता बोगटीले हुम्लाको ताक्लाकोटमा १५० जना बेवारिसे बसिरहेको बताउँदै एक जनामात्र सदरमुकाम आएकाले बाँकीलाई पनि जाँच गरी ल्याउने व्यवस्था मिलाइयोस् भनी माग गरीन् । सांसद कोमल वलीले दुई वर्षको कार्यकाल पूरा गरी बिदाइ हुने सांसदलाई कविता वाचन गरी बिदाइ गरेकी छन् ।
सांसद खिमकुमार विकले विभेदलाई कानूनले निषेध गरे पनि छुवाछूत बढिरहेको बताउँदै छुवाछूत मुक्त राष्ट्र घोषणा गर्न प्रगतिशील सरकारले काम गर्नुपर्ने बताए । सांसदहरु उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी र तारादेवी भट्टले बिदाइ हुन लागेका १९ जना सांसदको सुखद एवं सफल जीवनको कामना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार