२५ किलोग्राम लागुऔषध चरेससहित जना दुई पक्राउ
नेपालबहस संवाददाता
फागुन २०, २०७६ बुधबार ०:५६:०
२० फागुन, काठमाडौं । प्रहरीले २५ किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई मलेखुबाट पक्राउ गरेको छ । बेनिघाटरोराङ गाउँपालिका–३ मलेखुमा प्रहरीले जाँच गर्दा मोटरसाइकलमा जेब्राझोलाभित्र ल्याएको चरेससहित दुईजना पक्राउ गरेको हो । पक्राउ पर्नेमा गजुरी गाउँपालिका–३ का २८ वर्षीय सन्चबहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
लागुऔषध चरेस बोक्न प्रयोग भएको बा४८प ९२२५ नंको मोटरसाइकलसहित प्रहरीले बरामद गरी जिल्ला अदालतमा पेश गरेको छ । प्रहरीले मोटरसाइकल जाँच गर्दा जेब्राझोलाभित्र हालेर सानासाना चारपाटे आकारमा प्लास्टिकले बेरेर बिक्री गर्न लैजाँदै गर्दा सो सामग्री भेटेको थियो । यसैगरी प्रहरीले फरार प्रतिवादी सिद्धलेक गाउँपालिका–४ का ५० वर्षीय शिवप्रसाद अर्याललाई बुङचुङबाट पक्राउ गरेको छ ।
जिल्ला अदालतले २०७० साल पुस २३ गतेको फैसलाबमोजिम अर्याललाई लागुऔषध चरेस मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोही फैसलाका आधारमा हिजो पक्राउ परेका अर्याललाई आज जिल्ला अदालतको आदेशबमोजिम जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार