नेकपाको प्रशिक्षण भेला स्थगित,आवश्यक सावधानी अपनाउन आग्रह
नेपालबहस संवाददाता
फागुन २०, २०७६ बुधबार २:१६:२६
२० फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ मानव जातिमाथि ठूलो सङ्कटका रुपमा देखापरेको बताएका छन् । झापाको बिर्तामोडमा आज हुने भनिएको प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पनि कोरोना भाइरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरे ।
नेपालका विभिन्न शहरमा कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने सम्भावना रहेको र त्यसवाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगन भएको छ ।
कार्यक्रममा नेता खनालले कोरोना भाइरस विरुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गरे । “स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ”, उनले भने, “हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।”
यसैबीच नेकपा प्रदेश नं १ ले प्रदेशमा कुनै पनि साना–ठूला कार्यक्रम नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष देवराज कार्की र सचिव सुरेशकुमार राईले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् । “आज हुने भनिएको प्रदेशस्तरीय भेला प्रशिक्षण स्थगित गरिएको छ”, अध्यक्ष घिमिरेले भने, “कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट आउनुभएका कार्यकर्ता त्यसै फर्किनु परेकामा क्षमा चाहन्छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार