प्रधानमन्त्रीलाई समीक्षाले गरि मिर्गौला प्रदान
नेपालबहस संवाददाता
फागुन २१, २०७६ बुधबार २०:४८:४२
२१ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा जारी छ ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरेकी छिन्। समिक्षा प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्रदान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि गएको सोमबार त्रिवि अस्पताल भर्ना भएका हुन्। उनको मिर्गौला प्रत्यारोपण अहिले जारी छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियाको प्रक्रिया भइरहँदा त्रिवि शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरुको भीड लागेको छ । अस्पताल परिसरमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।
त्यस्तै मिर्गौला रोगी तथा उनीहरुका आफन्त पनि अस्पताल पुगेर प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । उनीहरुले ‘गेट वेल सून पीएम ओली’ लेखेको प्लेकार्ड बोकेर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार