डोटीमा बीमा कार्यक्रम शुरुआत
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १४:४६:४३
२२ फागुन काठमाडौं । डोटीमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई बीमा गरी यसको शुभारम्भ गर्दै बीमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए । त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एक घरका एकदेखि पाँचजनालाई रु तीन हजार ५०० र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ । विसं २०७२ चैत २५ गते पहिलो पटक कैलालीबाट सो कार्यक्रमको शुभारम्भ भएको थियो । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा भूषण मिश्रले भने, “सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ ”
यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बीमा कार्यक्रममा हालसम्म कूल जनसख्याको १२ प्रतिशत जनसङ्ख्या मात्र आवद्ध भएको जनाइएको छ । पछिल्लो जनगणना अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन् । कैलालीमा सबैभन्दा बढि र दार्चुलामा हालसम्म सबैभन्दा कम स्वास्थ्य बीमित रहेका बताइएको छ । बीमा बोर्डका अनुसार गरिब घरधुरी पहिचान भइसकेका जिल्लामा बीमितको सङ्ख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ । त्यसैगरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरीब घरधुरी पहिचान गरी परिचयपत्र समेत वितरण गरिसकेको छ ।
प्रदेशका अन्य पाँच जिल्लामा पहिचान हुन बाँकी रहेको जनाएको छ । बीमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८३१ र दार्चुलामा पाँच हजार ६८५ मात्रै हालसम्म आबद्ध भएका छन् । बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ स् बीमित रहेका छन् । हालसम्म ३९ हजार ३०१ले सो कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको र रु तीन करोड ८१ लाख ५ हजार २६२ लगानी भइसकेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर लिलामी खुल्यो
चैत १३, २०८० मंगलबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, एजेण्डा के हाे ?
चैत ६, २०८० मंगलबार
सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त
चैत १, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार