घना जङ्गलमा मदिरा भट्टी, प्रहरीद्धारा फेला पारेर नष्ट
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १४:५४:५२
२२ फागुन महोत्तरी । घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी आज प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो ।
प्रहरी चौकी औरहीबाट खटिएको टोलीले घना वनक्षेत्रभित्र सञ्चालित भट्टी पत्ता लगाएर नष्ट गरेको हो । जङ्घा नदी किनारको शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टीबाट एक हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भट्टीमा बनाइने मदिरामा युरिया रासायनिक मल र प्लाष्टिकका चप्पलजस्ता अखाद्य वस्तु मिसावट गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गाउँ÷नगर वस्तीभित्र प्रहरीको सघन गस्ती भइरहेपछि भट्टी सञ्चालकले सुरक्षित ठाउँ बनाउन वनक्षेत्र पसेका प्रहरीको भनाइ छ । प्रहरी पुग्न अगावै भट्टी सञ्चालक औरहीका स्थानीय नथुनीप्रसाद यादव भागेका बुढाथोकीले बताए ।
घरेलु मदिराको सेवनले घरकलह बढाउनेदेखि गम्भीर प्रकृतिका बिरामी हुने क्रम बढेपछि प्रहरीले अवैध मदिरा भट्टी नष्ट गर्ने अभियान नै चलाएको छ । भट्टी सञ्चालकले एक साताभित्र आउन लागेको होली (फागु) पर्वलाई लक्षित गरी मदिरा बनाउन लागेका बुझिएको छ । पुराना चप्पल, जुत्ता र युरिया मलजस्ता अखाद्य वस्तुको प्रयोग गरी बनाइएको मदिरा बढी नशा दिने र शरीरलाई असर गर्ने भएकाले त्यसको नियन्त्रण गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको प्रनाउ बुढाथोकीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार