संस्थापन पक्षबाट देउवा की निधि ?
कुसुम सेञ्चुरी
फागुन २२, २०७६ बिहिबार १८:८:४६
कांग्रेसको आसन्न महाधिवेशन
२२ फाल्गुण, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको विवाद फेरि सतहमा आएपछि संस्थापन पक्षले अब कसरी अगाडि बढ्ने भनेर सघन छलफल शुरु गरेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेताहरु गहन छलफलमा जुटेका छन् । हिजो साँझ र आज बिहान पनि नेताहरु नयाँ ढंगले अगाडि नबढ्ने हो भने नसोचेको समस्या आइलाग्ने तर्क गरिरहेका छन् ।
खासगरी आसन्न पार्टी महाधिवेशनलाई कसरी सामना गर्ने भन्ने विषयमा दुईथरि धारणाले चर्चा पाउन थालेको छ । सभापति देउवाविरुद्ध चौतर्फी आक्रमण बढेको र त्यसलाई चिर्न नसकिएको खण्डमा ठूलै क्षति हुनसक्ने धारणा बलियो हुन थालेको छ । आगामी चौधौं महाधिवेशनमा देउवाको नेतृत्वमा चुनावको सामना गर्ने कि विकल्प खोज्ने भन्ने तहमा छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ । त्यसका लागि पहिला संस्थापनइतर पक्षको आगामी कदमलाई आधार बनाइनु पर्ने अधिकांशको राय रहेको छ ।
आगामी चौधौं महाधिवेशनमा देउवाविरुद्ध सबै एकजुट हुने अवस्था आउँदा उपसभापति बिमलेन्द्र निधिलाई अगाडि सार्नु पर्ने प्रस्ताव पनि बलियो रुपमा उठेको छ – देउवा निकट एक केन्द्रीय सदस्यले भने । स्रोत भन्छ – देउवा पत्नी आरजु राणा समेत त्यही पक्षमा रहेकी छन् । गत संसदीय निर्वाचनमा कैलाली ५ बाट नेपाली कांग्रेसकी उम्मेदवार बन्न सफल आरजुमा अहिले राजनीतिक भोग जागेको छ । उनी जसरी भएपनि पार्टीको केन्द्रीय भूमिकामा रहन चाहन्छिन् । देउवा आफैं सभापतिको उम्मेदवार रहने अवस्थामा आरजूको यो चाहना पूरा हुन सक्दैन ।
यसको सुँइको पाएका नेताहरु अहिले बिमलेन्द्रलाई देउवाको बलियो उम्मेदवार बनाउनुपर्ने पक्षमा देखिएका छन् । तर आरजुको महत्वाकांक्षा निस्तेज पार्नुपर्ने पक्षमा समेत केही नेता रहेका छन् । खासगरी देउवाकै भूगोलका नेताहरु रमेश लेखक, एनपी सावद र डा. प्रकाशशरण महतहरु भने निधिलाई सभापतिको उमेदवार बनाउँदा पराजय निश्चित हुने भन्दै देउवाको विकल्प नरहेको धारणा राखेका छन् ।
उता, निधिलगायत बालकृष्ण खाँड जस्ता नेताहरु भने चौतर्फी घेराबन्दीमा परेको अवस्थामा देउवाको विकल्पमा पनि सोच्नुपर्ने धारणा राखेका छन् । तर संस्थापनइतर पक्षको निर्णयका आधारमा मात्र अगाडि बढ्दा फाइदा पुग्ने ठहर यो पक्षको रहेको छ । देउवालाई नै उम्मेदवार बनाउँदा मात्र असन्तुष्ट पक्षलाई पराजित गर्न सहज हुने बुझाई यो पक्षको रहेको छ ।देउवालाई जिताउन सजिलो हुने आधार खोज्न यो पक्ष सक्रिय भईसकेको छ ।
पार्टीमा तेस्रोधारका रुपमा देखापरेका नेता कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर जानसक्दा देउवालाई जिताउन कुनै समस्या नहुने बुझाई उनीहरुको रहेको छ । सिटौलालाई निकट बनाउन हालै गरिएको विभाग गठन र आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्दा समेटिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिन अस्वीकार गरेपछि गएको साता देउवाले विभिन्न विभाग र केन्द्रीय सदस्य मनोनयन गरेका थिए । यसरी मनोनयन गर्दा देउवाले सिटौला पक्षलाई समेत समेटेका थिए । देउवाका प्रियपात्रका रुपमा रहेका रमेश लेखकले यो वातावरण बनाएको स्रोतको दावी छ ।
यस्तै, निधिलाई अगाडि बढाउँदा पौडेल पक्षका पनि केही नेताहरुको साथ रहन सक्ने दावी गरिएको छ । पौडेल पक्षमा रहेपनि ठूलो जिम्मेवारी नपाउने अवस्थामा रहेका नेताहरुको साथ आफूलाई हुने आश्वासन निधिले पाएका छन् । उनलाई प्रकाशमान सिंहलगायतका नेताबाट यस्तो आश्वासन प्राप्त भएको निधि पक्षको दावी छ । जे भएपनि संस्थापन पक्षले एउटै मात्र धारणा र उम्मेदवार लिएर जाने अवस्था भने कमजोर देखिएको चाहिं पक्कै हो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार