पाल्पामा मुद्दा फछ्योटको सङ्ख्या बढ्दो
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २१:५१:२७
२२ फागुन काठमाडौं । पाल्पा जिल्ला अदालतमा न्याय सम्पादन छिटो छरितो रुपमा हुन थालेपछि मुद्दा फछ्र्योटको सङ्ख्या बढेका छन् ।
अदालतमा हालसम्म कूल ४२९ मुद्दा दर्ता भएकामा २४२ मुद्दाको फछ्र्योट भएको छ । मुद्दा फछ्र्योट छिटोछरितो रुपमा हुँदा अदालतको प्रगति प्रतिशत बढ्दो छ ।
जिल्ला अदालतले आर्थिक वर्ष २०७६÷७७ को माघ मसान्तसम्म १७८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । माघ मसान्तसम्म २२६ मुद्दा फछ्र्योट भएपछि अदालतको १२७ प्रतिशत प्रगति देखिएको हो । न्याय सेवालाई प्रभावकारी बनाउन र जनताको पहुँच न्याय क्षेत्रमा पु¥याउने उद्देश्यका साथ छिटोछरितो रुपमा काम हुँदै आएको छ । जिल्ला अदालतले आव २०७६÷७७ को हालसम्म ५६।४१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७६÷७७ को हालसम्म कूल ४२९ मुद्दामा २४२ मुद्दाको फछ्र्योट गरिएका हुन् । एक सय ८७ मुद्दाको फछ्र्योट हुन बाँकी छ ।
कूल मुद्दामा २४२ मुद्दाको फछ्र्योट हुँदा अदालतको प्रगति ५६.४१ प्रतिशत रहेको न्यायाधीश खडक केसीले बताए । न्याय सेवालाई छिटोछरितो रुपमा सम्पादनले अदालतको नतिजा राम्रो देखिएको हो । आव २०७६÷७७ को मुद्दा फछ्र्योट गर्ने लक्ष्य ३८१ रहेकामा हालसम्म २४२ मुद्दा फछ्र्योट हुँदा अदालतको प्रति ६३.५१ प्र्रतिशत देखिएको हो । अदालतमा दुनियावादी देवानी ३०३ मुद्दामा हालसम्म १७६ फछ्र्योट हुँदा १२७ मुद्दा अझै बाँकी रहेका छन् । दुनियावादी फौजदारी मुद्दा हालसम्म २९ रहेकामा १२ मुद्दाको फछ्र्योट हुँदा अब १७ मुद्दा बाँकी रहेका जिल्ला न्यायाधीश केसीले बताए । त्यसैगरी सरकारीवादी फौजदारी मुद्दा ९४ रहेकामा हाल ५१ मुद्दा फछ्र्योट भइसकेका छन् । हाल ४३ मुद्दाको अझै फछ्र्योट हुन सकेको छैन ।
अदालतका स्रेस्तेदार कृष्ण मुरारीले थुनुवा मुद्दातर्फ हालसम्मको जम्मा लागत ३७ थान मुद्दामा जम्मा १३ मुद्दा फछ्योट भइसकेका बताए । थुनुवातर्फ अझै २४ मुद्दाको फछ्र्योट हुन सकेको छैन । थुुनुवा मुद्दाको फछ्र्योट हुँदा २७ थुनुवा सङ्ख्या छ । हाल दुई महिला र २५ पुरुष छन् । पुरुषमध्ये तीनजना विदेशी नागरिकसमेत रहेका मुरारीले बताए । स्थानीय तहमा गठित न्यायिक समितिका काम कारवाही प्रभावकारी बनाउन जिल्ला अदालतले निरीक्षण गरेको छ । न्यायिक समितिमा कानूनी दक्षता नभएका मानिस समितिमा हुँदा कार्यसम्पादनमा समस्या देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार