बालबालिकाका लागि इँटा उद्योगमै शिक्षा
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:३५:१२
२२ फागुन काठमाडौं । इँटा उद्योगमा बालश्रमिकको प्रयोग भएको र यसको रोकथामका लागि आवाजहरु उठिरहँदा कावासोतीका इँटा उद्योगले भने उद्योगमा रहेका बालबालिकालाई आधारभूत शिक्षा दिइरहेका छन् ।
नवलपरासीपूर्व नवलपुरमा रहेका दुई इँटा उद्योगले नयाँ प्रयोगका रूपमा उद्योगमा रहेका बालबालिकालाई काममा लगाउनुको सट्टा शिक्षा प्रदान गरिरहेका छन् । उद्योगमा कार्यरत श्रमिकका बालबालिका शिक्षाबाट वञ्चित हुन नपरुन् भनेर उद्योग परिसरमा नै आधारभूत शिक्षा प्रदान गरिरहेका छन् ।
देवचुलीनगरपालिका–१ केउरेनीमा रहेको माता मनकामना चिम्नी इँटा उद्योगले उद्योग परिसरभित्रै बालविकास तथा सिकाइ केन्द्र स्थापना गरेर बालबालिकालाई शिक्षा प्रदान गरिरहेको इँटा उद्योगका सञ्चालक कृष्णप्रसाद गौतमले बताए ।
“बालबालिका शिक्षाबाट वञ्चित नहून् भनेर हामीले आधारभूत शिक्षा दिने प्रबन्ध गरेका हौँ”, सञ्चालक कृष्णप्रसाद गौतमले भने, “अध्यापन गराउनका लागि छुट्टै भवन बनाइएको छ, एकजना शिक्षकसमेत राखेका छौँ ।”
शिक्षा पाउनु बालबालिकाको अधिकारसमेत भएकाले त्यसको प्रत्याभूत गर्न आफूहरु लागिरहेको उनले बताए । उनका अनुसार अहिले यस उद्योगमा कार्यरत श्रमिकका ४३ बालबालिकाले अध्ययन गरिरहेका छन् । उद्योगमा काम गर्ने श्रमिक धेरैजसो भारत र नेपालको पूर्वी तराई जिल्लाका हुने गरेको सञ्चालक गौतमले बताए ।
वर्षाको समयमा उद्योगमा काम नहुँँदा उनीहरु आफ्नै गृहनगरमा अध्ययन गर्ने र कामका क्रममा बुबाआमासँगै आउँदा यहाँ अध्ययन गर्ने गरेको उनले बताए । यसले बालबालिकाको अध्ययनमा निरन्तरता हुने गरेको उनको भनाइ छ । भारतबाट आएका बालबालिकाको अध्ययनका लागि भने भाषामा केही समस्या हुने गरेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार