प्रगतिपथमा अघि बढ्दै महालक्ष्मी विकास बैंक
आर्थिक संवाददाता
फागुन २३, २०७६ शुक्रबार २०:३६:५६
२३ फाल्गुण, काठमाडौं । देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्दै आएका विकास बैंकहरुको संख्या दिन प्रतिदिन घट्दै गईरहेको परिपेक्ष्यमा महालक्ष्मी विकास बैंकले भने आम शेयरधनीलाई राम्रो प्रतिफल दिन सफल भएको छ ।
कुनैसमय एक जिल्ले, ३ जिल्ले, १० जिल्ले तथा राष्ट्रिय स्तरका विकास बैंकको संख्याले नै नेपालमा बैंकिङ बानीको विकास र हजारौं उद्यमी-व्यवसायीहरु उत्पादन गरेको पृष्ठभूमिमा राष्ट्र बैंकको पछिल्ला नीतिनियमले विकास बैंकको संख्या ह्वात्तै घटेको छ र अहिले औलामा गन्न सकिने विकास बैंकहरु मात्र बाँकी रहेका छन् । पुँजी बृद्धि तथा मर्ज र एक्वायरको नीतिपछि अहिलेका विकास बैंकहरु पहिलेका बाणिज्य बैंकहरु भन्दा पनि बलिया र प्रभावकारी सिद्ध भैसकेका छन् तर राष्ट्र बैंकको दवाव र प्रभावमा अझैपनि विकास बैंकहरु बाणिज्य बैंकसँग धमाधम मर्ज र एक्वायरमा जानेक्रम भने रोकिएको छैन् ।
बाणिज्य बैंकभन्दा खासै फरक प्रकृतिको काम नभएपनि कतिपय बाणिज्य बैंकहरुले भन्दा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल विकास बैंकहरु आफैमा सबल र सक्षम देखिएका छन् । यही मेसोमा आधा दर्जन जति विकास बैंक र फाइनान्स कम्पनीहरु मर्ज र एक्वायर भएर बनेको महालक्ष्मी विकास बैंकको पछिल्ला वित्तीय परिसुचकहरु उत्कृष्ठ देखिएका छन् ।
देशका प्रतिष्ठित उद्योगी व्यापारी र बैंकरहरुको लगानीमा खुलेको यो विकास बैंकको चालु आर्थिक बर्षको निक्षेप संकलन, कर्जा प्रवाह, प्रतिशेयर आम्दानी, किताबी मुल्य, लाभांश, चुक्तापुँजी, खुद मुनाफा, खुद ब्याज आम्दानी जस्ता वित्तीय सुचकहरु उत्कृष्ठ दखिएको छ । बिगतमा उच्च रहेको खराब कर्जा पनि क्रमश घट्दो क्रममा रहेको देखिन्छ । बिगतमा मालिक विकास बैंक, महालक्ष्मी फाईनान्स, यति फाईनान्स, सिद्धार्थ फाईनान्स र भ्याली फाईनान्स एकआपसमा मिलेर बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंकले अहिले भने दिन प्रतिदिन प्रगति गर्दैछ।
महालक्ष्मी विकास बैंक सञ्चालक समिति
बैंक संचालक समितिको अध्यक्षमा राजेश उपाध्याय रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा संजय गिरि, राजेशकुमार रौनियार, रूपेन्द्र पौडेल, श्यामसुन्दर रूगटा र राहुल अग्रवाल रहेका छन् ।
बैंकका ठुला शेयरधनी :
२०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा सम्झना अर्यालको नाममा मात्र ३ दशमलव ६१ प्रतिशत शेयर स्वमित्व रहेको छ । त्यस्तै बाबुलाल अग्रवालको नाममा २ दशमलव ७७ प्रतिशत शेयर स्वमित्व रहेको छ ।
महालक्ष्मी विकास बैंकका ठुला शेयरधनीको नाम :
महालक्ष्मी विकास बैंकको उच्च व्यवस्थापन :
यसैगरि बैंकको उच्च व्यवस्थापनमा कुशल र अनुभवी बैंकर कृष्णराज लामिछाने सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा कुशल र अनुभवी बैंकर सागर शर्मा, धुव्रराज तिवारी, दीपेश लम्साल र जलजकुमार अधिकारी कार्यरत रहेका छन् । सीईओ लामिछाने यसअघि नम्बर वान विकास बैंकको रुपमा कहलिएको कैलाश विकास बैंकका संस्थापक सीईओ रहीसकेका छन् । कैलाश विकास बैंकलाई विकास बैंक मध्यकै उत्कृष्ठ बैंक बनाउने श्रेय यिनै लामिछानेलाई जान्छ ।
दुईदुई पटक नेपाल विकास बैंक एशोशियशनको अध्यक्ष रहिसकेका सीईओ लामिछाने नेपालमा विकास बैंकको संख्या घट्दै गएकोमा भने चिन्तित देखिन्छन् । त्यस्तै डेपुटी सीईओ रहेका सागर शर्मा लामो बैंकिङ अनुभव बोकेका बैंकर हुन् ।यति फाइनान्सदेखि यति विकास बैंकसम्म कुशल सीईओको रुपमा कार्यरत रहेका शर्माको पनि महालक्ष्मी विकास बैंकको पछिल्लो वित्तीय सुचक सकारात्मक बनाउने क्रममा महत्वपूर्ण योगदान रहेको छ ।
समयमै वार्षिक साधारणसभा:
विकास बैंकले कार्तिक २९ गते नै साधारणसभा गर्दै लाभांशको प्रस्ताव पारित गरेको थियो । यसबाट बैंकमा संस्थागत सुशासन राम्रो भएको प्रस्ट देखिन्छ ।
लाभांशको ईतिहास:
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष ०७५/७६ को साधारणसभा यही कार्तिक २९ गते गरेको थियो । विकास बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभामार्फत शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ९ दशमलव ८९ प्रतिशत नगद लाभासं गरी जम्मा १७ दशमलव ८९ प्रतिशत लाभांश दिएको छ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष ०७४/७५ मा ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश दिएको थियो । याे विकास बैंकले प्रत्यक वर्ष आफ्नो लाभांश वृद्धि गर्दै लगेको देखिन्छ।
कस्तो आयो दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ३० करोड ५० लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा विकास बैंकले १९ करोड ७६ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ५४ प्रतिशतले आकर्षक वृद्धि गर्न सफल भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा आकर्षक वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ६२ करोड ५८ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ८० करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा २८ प्रतिशतको वृद्धि भएको छ ।
त्यस्तै, संचालन मुनाफा ६३ प्रतिशतले वृद्धि हुँदै ४२ करोड ७० लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २६ करोड २० लाख संचालन मुनाफा गरेको थियो । अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा १४ करोड ८४ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ६ करोड ८ लाख नै सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी २० रुपैयाँ नजिक :
कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैया ८६ पैसा हुन् आउछ । पुँजी वृद्धि ८ प्रतिशतले भएको र खुद मुनाफामा ५४ प्रतिशतको वृद्धि भएको कारणले कम्पनीको प्रतिशेयर आम्दानीमा आकर्षक हिसाबमा वृद्धि भएको देखिन्छ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १५२ रुपैयाँ ७६ पैसा आउँछ ।
निक्षेप कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३५ अर्ब ७ करोड निक्षेप संकलन गरी २९ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो , संचित मुनाफा घट्यो :
जगेडा कोष ७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४० करोड पुगेको छ भने संचित मुनाफा ५८ प्रतिशतले कम हुँदै २१ करोड २६ लाख पुगेको छ ।
निस्क्रिय कर्जा घट्यो :
कम्पनीको खराब कर्जा २ दशमलव ७६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा ४ दशमलव ४१ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ११ दशमलव २३ प्रतिशत पुगेको छ।
स्प्रेडदर ५ प्रतिशत भन्दा माथि :
व्याजदर अन्तर ५ दशमलव ३३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ८८ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १४ गुणा :
कम्पनीको फाल्गुण २२ गतेको बजार मूल्य २२१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव १३ गुणा आउँछ ।
निष्कर्ष :
महालक्ष्मी विकास बैंकले दिन प्रतिदिन आक्रामक व्यापार गर्दै शेयरधनीको मन जित्दै आएको छ। बैंकले प्रत्येक वर्ष लाभांश वृद्धि गर्दै लगानीकर्तालाई खुशी दिदै आएको छ । समयमै वार्षिक साधारणसभा सम्पन्न गर्दै संस्थागत सुशासन राम्रो रहेको प्रस्ट हुन्छ । विकास बैंक आधारभुत रुपमा बलियो बन्दै गएको छ। कम्पनीको किताबी मूल्य १५० रुपैया भन्दा माथि हुनुले सो कुराको पुष्टि गर्छ । त्यस्तै ४ प्रतिशत भन्दा माथि रहेको खराब कर्जालाई छाेटाे समय मै ३ प्रतिशत भन्दा मुनी ल्याउनु बैंक व्यवस्थापनको सफलताको रुपमा लिन सकिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार