शनिबार , जेठ १, २०७८

आँखाले कालीतिर हेरेर प्यास मेट्ने दिन गए

आँखाले कालीतिर हेरेर प्यास मेट्ने दिन गए

२३ फागुन, बागलुङ । समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था ।

हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका सो स्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी त्यहाँ पानी पु¥याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिप्mटिङ प्रविधि भित्राइएपछि अब भने घरघरमै पानी आउने भएको छ । चैत्रभित्रै त्यहाँ घरघरमा कालीकिनारको पानी पुग्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएकोे गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताएका छन् ।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकी तिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्याङ्कीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी तान्नेछ । मुहान र पाइपलाइनको मध्यभागमा दुई वटा मोटर जडान गरेर मुख्य ट्याङ्कीसम्म पानी पु¥याइएको अध्यक्ष खत्रीले बताएका छन् ।

यो योजना निर्माण गर्नका लागि झण्डै रु आठ करोडभन्दा धेरै खर्च भएको छ । सुरुआती लागत भने रु १० करोड माथिको थियो । रु ६ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्नेगरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

कूल लागतको ७० प्रतिशत सरकारको, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ । योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन विछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेको संस्थाले जनाएको छ । विद्युत्को परीक्षण र प्रसारको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ ।

“एक घर एक धारा चौबिसैँ घण्टा पानी आउँछ” उनले भने “२० बर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।” यो योजना सो स्थानका नौवटै र पैयुँपाटाका ८ र ९ वडामा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड ८ लिटर पानी तान्ने छ । यसभन्दा पहिले धारापानीबाट २ दशमलव ५ र धापेखोलाको पानी ३ लिटर प्रतिसेकेण्ड ट्याङ्कीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ । उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० वटा भल्भ च्याम्बर निर्माण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस १५ घण्टा पहिले
अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन १२ घण्टा पहिले
दोलखामा १० दिनका लागि निषेधाज्ञा जारी दोलखामा १० दिनका लागि निषेधाज्ञा जारी ११ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति सांग्रिला डेभलपमेन्ट बैंकले पायाे ऋणपत्र निष्काशनकाे अनुमति ७ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १५ घण्टा पहिले
तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी ४ घण्टा पहिले
मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग १५ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? ११ घण्टा पहिले