तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख गर्भवतीसँग
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २०:३२:१०
२३ फागुन, रुपन्देही । तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिएका छन् । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराबारे चेतना फैलाउने उनले बताएका छन् ।
आज वडा नं १७ को गङ्गोलिया स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्याल्सियम चक्की वितरण गरी गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम शुरु गरिएको हो ।
नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्याल्सियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम चाहिने स्वास्थ्यकर्मी बताउँछन् । नगरवासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्याल्सियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।
पोषणमा सबैको पहुँच पु¥याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नु पनि विकास हो भन्ने मान्यतासाथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख चौधरीले कार्यक्रमबाट लाभ लिन सम्पूर्ण गर्भवतीलाई आग्रह गरेकका छन् ।
गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताएका छन् । गर्भवती महिलाले अरु बेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उनले बताए ।
पौष्टिक आहारमा घ्यू, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले शुरु गरेको सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरणजस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताएका छन् । यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार