आइतबार , जेठ २, २०७८

डोटी र डडेल्धुरा सहीत नौवटै जिल्लामा स्वास्थ्य बीमा : सुदूरपश्चिम पहिलो

डोटी र डडेल्धुरा सहीत नौवटै जिल्लामा स्वास्थ्य बीमा : सुदूरपश्चिम पहिलो

२३ फागुन, काठमाडौं । सुदुरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । प्रदेशका सात जिल्लामा यस अगाडि नै शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार भएपछि नौवटै जिल्लामा बीमा कार्यक्रम बिस्तार भएको हो ।

स्वास्थ्य बीमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा शुभारम्भ गरेसँगै प्रदेशभर बीमा कार्यक्रम लागू भएको बोर्डले जनाएको छ । स्वास्थ्य उपचारमा अनियन्त्रितरुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एउटा परिवारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा लिनसक्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउँदले बताएका छन् । उनका अनुसार बीमा कार्यक्रम लागू भएको सुदूरपश्चिम पहिलो प्रदेश भएको छ ।

सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म दुई लाख ६० हजारभन्दा बढी पुगेको उहाँको भनाइ थियो । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको थियो ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको सो कार्यक्रम चालू आव २०७६÷७७ भित्र ७७ जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ । त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० र सन् २०३० सम्ममा शतप्रतिशत पु¥याउने लक्ष्य छ ।

बीमित परिवारका सदस्यको सदस्यता क्रियाशील भएपछि उपचारका लागि आप्mनो परिचयपत्र लिएर आकस्मिक उपचारका लागि सधैँ तोकिएको प्रथम सेवाबिन्दु स्वास्थ्य संस्थामा नै जानुपर्ने प्रावधान बीमा कार्यक्रमले अनिवार्य गरेको छ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? १२ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु १७ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १६ घण्टा पहिले
गायक प्रताप दासको स्वरमा रहेको माया सार्वजनिक गायक प्रताप दासको स्वरमा रहेको माया सार्वजनिक ९ घण्टा पहिले
निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन निलकण्ठ विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन १४ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १७ घण्टा पहिले
तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? १८ घण्टा पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ८ घण्टा पहिले