सशस्त्र प्रहरीद्वारा रु चार करोडको सामानसहित १५ पक्राउ
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शनिबार २:२७:२८
२३ फागुन रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको छुुट्टाछुटै गस्ती टोलीले चार करोडभन्दा बढीको अवैध सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको छ ।
यस आर्थिक वर्षको साउनदेखि हालसम्म सशस्त्र प्रहरी गस्ती टोलीले भन्सार छली भित्र्याइएको चार करोड ७१ लाख बराबर भारतीय सामानसहित १५ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैजनालाई नेपाल प्रहरीमार्फत कारवाहीको दायरामा ल्याइएको र बरामद सामान आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय बुुझाइएको सशस्त्र प्रहरी रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितले बताए ।
त्यसैगरी सशस्त्र प्रहरीले यस आवको साउनदेखि हालसम्म लागुुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । गत फागुन २१ गते बुधबार सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेलबिछवाको गस्ती टोलीले राजदेवी नपा–८ लक्षमीपुर बडहर्वा सडकखण्डमा भारत विहार बैरगनिया–१३ का रोहित पासवानलाई पाँच किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको थियो ।
यसअघि गत पुस १ गते सशस्त्र प्रहरीले लागुुऔषध ३०० ट्याबलेट नाइटोभेटसहित एकजनालाई बङ्कुलबाट र गत गत असोज २५ गते गौरबाट लागुुऔषध एक किलो गाँजासहित एकजनालाई पक्राउ गरेको थियो । हिन्दुूको पर्व होली नजिकिँदै जाँदा रौतहटको बेलबिछवा, महादेवपटी, औरैया, बनजरहा, जयनगर, मठिया, रामपुर नरकटिया, बङ्कुल र बाराको कर्चोवा, सिम्रौनगढ, पिपरपाती, मटिअर्वा, कबहिगोठ, मुसहर्वालगायत सीमा नाकाबाट भारतीय सामानको चोरी–तस्करी बढेको छ ।
चोरी–तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी मध्यक्षेत्रीय वाहिनी बर्दिबासले रौतहट र बारामा दुुईजना नायब प्रहरी उपरीक्षकको कमान्डमा विशेषटोली खटाइए पनि नियन्त्रण हुन सकेको देखिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार