शनिबार , जेठ १, २०७८

आज चट्याङसहित असिना पानी पर्ने

आज चट्याङसहित असिना पानी पर्ने

२४ फागुन काठमाडौं । पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले शनिबार पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंसिक देखि सामान्य बदली भइरहेको छ ।

आज बिहानैदेखि काठमाडौंसहित देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले रातिदेखि नै विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पानी पारिरहेको प्रणाली सक्रिय हुने भएकाले आज दिउँसो पनि देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मौसम महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्र हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।यस्तै आज राती देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ।

देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय