शनिबार , जेठ १, २०७८

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी

२४ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था दिनप्रति दिन राम्रो हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीको अवस्था राम्रो हुँदै गएकाले अब आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गरिने तयारी भइरहेको छ ।

डाक्टर ज्ञवालीले प्रधानमन्त्री ओली बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा अस्पतालमा छलफल गरेर जानकारी गराउने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उनले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गरेको पनि अस्पतालले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ । उनलाई पनि आइतबार वा सोमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी ४ घण्टा पहिले
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक १२ घण्टा पहिले
पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद ९ घण्टा पहिले
जसपाकाे बालकुमारीमा कुनै बैठक नडाकिएको ठाकुरकाे दाबी जसपाकाे बालकुमारीमा कुनै बैठक नडाकिएको ठाकुरकाे दाबी ५ घण्टा पहिले
ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ओली जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलमा ६ घण्टा पहिले
भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने ४ घण्टा पहिले
राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह ५ घण्टा पहिले
नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने ७ घण्टा पहिले