शनिबार , जेठ १, २०७८

चट्याङले टेलिकम सेवा अवरुद्ध, मर्मत गर्न प्राविधिक टोली जाँदै

चट्याङले टेलिकम सेवा अवरुद्ध, मर्मत गर्न प्राविधिक टोली जाँदै

२४ फागुन सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पु¥याउँदा सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले शनिबार विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए । कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युत्को मिटरबक्समा क्षति पुगेको जनाइएको छ । नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय