मध्यपहाडी राजमार्गमा मौसमको प्रभाव
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २१:१३:१४
२५ फागुन काठमाडौं । फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ ।
नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक हजार ८७९ किमी राजमार्गमा चालू आर्थिक वर्षमा ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य थियो । आवसँगै चाडबाड एवं त्यसपछि चिसो मौसमका कारण ५० किमी पनि कालोपत्र नसकिएको राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक दीपक केसीले जानकारी दिए । “फागुनमा कालोपत्र गतिका साथ अघि बढाउने लक्ष्य थियो, यो महिनामा पटकपटक पानी परेकाले काममा गति दिन सकिएको छैन, चैत र वैशाखमा १००÷१०० किमी कालोपत्र गर्न सकियो भने ३५० किमी कालोपत्रको लक्ष्य पूरा हुन सक्छ”, उनले भने।
चालू आवको लक्ष्यअनुसार १६ पुलमध्ये आठ पुलको काम सकिएको छ । पुलको काम चिसो मौसममा पनि गर्न सकिने भएकाले लक्ष्यअनुसार नै काम हुने आयोजना निर्देशक केसीले बताए । राजमार्गका लागि कालोपत्र भइसकेको ४६२ किमी सडक पुरानै लिइएको थियो । मध्यपहाडीमा कोरोनाको प्रभाव नदेखिए पनि मौसमका कारण यस वर्षको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ ।
तयारी अवस्थामा लिइएको ४६२ किमीसमेत हालसम्म करिब ८५० किमी यो राजमार्गको सडक कालोपत्र भइसकेको छ । आव २०७९÷८० सम्म राजमार्गको काम सक्ने सरकारको लक्ष्य छ । आयोजनामा आव २०७५÷७६ देखि पाँच स्थानमा योजना कार्यालय स्थापना गरी कामलाई गति दिइएको जनाइएको छ ।
आयोजना शुरु हुँदा एक हजार ७०० किमी दूरीको काम अघि बढाइएकामा सुनकोशी र बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको थियो । आव २०६४÷६५ देखि शुरु भएको राष्ट्रिय गौरवको यो आयोजनामा हालसम्म रु ४० अर्ब खर्च भइसकेको छ । रु ८४ अर्ब ३३ करोड लागत अनुमान गरिएको आयोजनामा चालू आवमा रु १२ अर्ब बजेट विनियोजन भएको छ । त्यसमध्ये रु तीन अर्ब खर्च भइसकेको आयोजना निर्देशक केसीले जानकारी गराए ।
पाँचथरको फिदिम, काभ्रेपलाञ्चोकको धुलिखेल, गोरखाको पालुङटार, पर्वतको कुस्मा र दैलेखमा गरी पाँच स्थानमा २०७५ पुसदेखि योजना कार्यालय स्थापना गरिएको हो । बोलपत्र गर्नेदेखि निर्माण व्यवसायीसँग सम्झौता गरी कार्यान्वयनमा लैजाने जिम्मेवारी योजना कार्यालयलाई नै दिइएको छ ।
आयोजना निर्देशनालयले भने अनुगमन र समन्वयको काम गरिरहेको छ । त्यसअघि पूर्व र पश्चिम खण्डका रुपमा आयोजनाका दुई कार्यालय थिए । पाँचथरको चियो भञ्ज्याङबाट शुरु हुने राजमार्ग बैतडीको झुलाघाटमा गएर टुङ्गिन्छ । राजमार्गले मध्यपहाडी क्षेत्रका २६ जिल्लालाई छुन्छ । सडकको ट्र्याक भने खुलिसकेको निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार