आइतबार , जेठ २, २०७८

‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’ !

‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’ !

२५ फागुन काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको शङ्कामा अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको भन्दै मानिसहरूलाई त्यसरी नआत्तिन बरू त्यसबारे सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रका चिकित्सक डा. शेरबहादुर पुन अनुसार खासगरी कोरोना भाइरस र अन्य रोगको लक्षण पनि उस्तै हुने गरेकोले बिरामीहरू बढी आत्तिएको पाइएको चिकित्सकहरूको अनुभव छ। तर अहिलेकाे समय भनेकाे मौसमी रुघाखोकी देखापर्ने भएकोले रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा अस्पताल गइहाल्नु नपर्ने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा देखिएका बेला उक्त भाइरसलाई लिएर मानिसमा सन्त्रास फैलिएको देखिन्छ। तर नेपालमा सङ्क्रमित नदेखिएका बेला मानिसहरू सचेत हुनुपर्ने तर आत्तिनु नपर्ने डा.पुनले बताएका छन । कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्का लाग्नु स्वभाविक भएपनि नआतिन उनले आग्रह गरेका छन् । तर खोकी लागेको, ज्वरो आएको र छाती दुखेको वा सास फेर्दा असजिलो भएको महसुस भए मात्रै कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने उनले बताए ।

यता जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षितले पनि मानिसहरूले रुघाखोकी लाग्दैमा कोरोना भाइरसको शङ्का गर्न नहुने बताएका छन् ।  खासगरी ज्वरो आएको, खोकी लागेको र उमेर ६० नाघेको भए मात्रै जोखिम बढी हुने उनले बताए । चिसो मौसममा भाइरसको सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहन्छ। तर यसलाई हाम्रो सन्दर्भमा हेर्नु आवश्यक छैन। मौसमी रुघाखोकीको समय भएकोले त्यस्तो बेला घरेलु उपचार गर्दा पनि हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय