शनिबार , जेठ १, २०७८

भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो विश्व च्याम्पियन

भारतलाई हराउँदै अस्ट्रेलिया बन्यो विश्व च्याम्पियन

२५ फागुन एजेन्सी । सातौँ संस्करणको महिला टी ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

मेलबर्न स्तिथ एमसीजीमा १ सय ८५ रनको लक्ष्य पछाएको भारतले १९ ओभर १ बलमा ९९ रन बनाउँदा अल आउट भयो । भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वाधिक इनिङ्स खेलिन् । यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन् । यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन् । ५४ बल खेलेकी मोनीलले १० चौका प्रहार गरिन् ।

यस्तै एल्स्या हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन् । उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् । कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन् । भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान १र१ विकेट लिए ।

यससंगै अष्ट्रेलियाले महिला टी ट्वान्टी विश्वकपको उपाधि पाँचौं पटक जितेको छ । महिला टी ट्वान्टी विश्वकपमा सर्वाधिक उपाधि जित्ने राष्ट्र अष्ट्रेलिया हो । अष्ट्रेलिया बाहेक इंग्ल्याण्ड र वेष्ट इण्डिजले १र१ पटक विश्व विजेता बनेका छन् । अष्ट्रेलियाले सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण ३ दिन पहिले
तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? तपाईको जेठ महिनाको राशीफल कस्तो छ ? ८ घण्टा पहिले
महिला लघुवित्तसहित पाँच कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कुन–कुन कम्पनीको घट्यो ? महिला लघुवित्तसहित पाँच कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कुन–कुन कम्पनीको घट्यो ? ६ दिन पहिले
अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान ४ घण्टा पहिले
टीकापुर अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु टीकापुर अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु ५ दिन पहिले
आज थप कोरोनाबाट १३९ जनाको मृत्यु, ९२७१ संक्रमित आज थप कोरोनाबाट १३९ जनाको मृत्यु, ९२७१ संक्रमित ५ दिन पहिले
२७ वाणिज्य बैंकः सबैभन्दा कम निक्षेप संकलन गर्नेको पहिलो नम्बरमा नेपाल बंगलादेश बैंक, अन्य कसको कति ? २७ वाणिज्य बैंकः सबैभन्दा कम निक्षेप संकलन गर्नेको पहिलो नम्बरमा नेपाल बंगलादेश बैंक, अन्य कसको कति ? ६ दिन पहिले
कोरोना लडाइँमा नेपाललाई सघाउन युरोपेली संघलाई आग्रह कोरोना लडाइँमा नेपाललाई सघाउन युरोपेली संघलाई आग्रह २ दिन पहिले