३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि
नेपालबहस संवाददाता
फागुन २५, २०७६ सोमबार ०:४:४९
२५ फागुन, काठमाडौं । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी भएको पुष्टि भएको जोरायल गाउँपालिका स्वास्थ्य संयोजक गाविन्द विष्टले बताए । उनले भने, “हामीले बिरामी परेका विद्यार्थीको रगत सङ्कलन गरी परीक्षण गराउँदा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । आत्तिनुपर्ने अवस्था केही छैन । उपचारपछि सबै निको हुनेछन् ।”
यही फागुन २१ गतेदेखि सो विद्यालयको होस्टेलमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको थियो । विद्यालय नै बन्द गर्ने गरी सबै विद्यार्थी एकाएक बिरामी परेपछि जिल्ला अस्पातल डोटी तथा स्थानीय स्वास्थ्य संस्थाबाट उपचारका लागि चिकित्सक टोली सो क्षेत्रमा गएको थियो । टोलीले शुक्रबारदेखि बिरामी परेका विद्यार्थीको उपचार गर्न शुरु गरेको छ ।
होस्टेलको सरसफाइ तथा खानामा ध्यान नदिँदा उक्त रोग फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताएका छन् । उनले भने, “होस्टेलमा विद्यार्थीलाई पानी नउमालेर दिने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता कुरामा ध्यान नदिएका कारण रोग फैलिएको हामीले पाएका छौँ, त्यसो नगर्न सबै शिक्षक र अभिभावकलाई सुझावसमेत दिएका छौँ ।”
स्वास्थ्यकर्मीको टोलीले विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य हुँदै आएको सो विद्यालयका शिक्षक हर्कबहादुर कठायतले बताएका छन् । उनले भने, “स्वास्थ्यकर्मीको टोलीले क्याम्प नै खडा गरेर विद्यार्थीको उपचार गरिरहेका छन्, बिरामी परेका विद्यार्थीमा सुधार हुँदै आएको छ ।” विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने जानकारीसमेत नदिएका कारण यस्तो अवस्थामा पुगेको जिल्ला अस्पताल डोटीका डा ज्योति पाण्डेले बताए । उनले भने, “विद्यार्थीलाई रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने पनि नसिकाएको रहेछ, अहिले त सामान्य कुरामा पनि ध्यान दिनुपर्ने अवस्था छ ।”
त्यस्तै चिकित्सक टोलीले पानी उमालेर प्रयोग गर्ने, पखाला लाग्दा झोलिलो पदार्थ खाने सल्लाहसमेत दिएको छ । अज्ञात रोगले विद्यार्थी बिरामी भएको समाचार मिडीयामा प्रकाशित भएपछि सङ्घीय स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा विद्यार्थीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली शुक्रबार उक्त क्षेत्रमा गएको थियो ।
आफ्ना नानी बाबुहरु एकाएक बिरामी परेका कारण विद्यार्थीका अभिभावक पनि चिन्तित बनेका थिए । छिमेकी विद्यालयका ३५ जना विद्यार्थी एकाएक बिरामी परेपछि यहाँका अन्य विद्यालयमा समेत उक्त रोग फैलिने त्रासले स्थानीयवासी चिन्तित बनेको जोरायल गाउँपालिका–५ खतेडामा रहेको महाकाली माविका प्रधानाध्यापक ज्ञानीप्रसाद ओझाले बताएका छन् ।
उनले भने, “छिमेकी स्कूलका नानीबाबुहरु ठूलो सङ्ख्यामा बिरामी परेपछि आफ्नो विद्यालयमा पनि उक्त रोग सर्छ कि भन्ने डरले हामी चिन्तित बनेका थियौँ, स्वास्थ्यकर्मीको टोलीले उपचार गरेपछि विद्यार्थीमा सुधार आएपछि अहिले मन शान्त भएको छ।”
उक्त गाउँपालिकामा रहेका अधिकांश विद्यालयमा पनि होस्टेल सञ्चालन रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले ती विद्यालयमा स्वास्थ्य जानकारीसम्बन्धी तत्कालै स्वास्थ्य शिविर राख्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयवासीको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसईईमा सहभागी हुँदै
चैत १४, २०८० बुधबार
भोलिदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी सहभागी हुँदै
चैत १४, २०८० बुधबार
जापानको परीक्षा केन्द्रबाट २३ जनाले एसईई दिँदै
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार