विभिन्न जिल्लामा आगलागी, लाखौंका धनमाल जलेर नष्ट
नेपालबहस संवाददाता
फागुन २५, २०७६ सोमबार ०:५६:५७
२५ फागुन काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित भारत घर भएका अशोक शाहको न्यू अशोक इन्टर प्राईजेजमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुदाँ पसलभित्र रहेका विभिन्न हार्डवयरका सामानहरु पूर्णरुपमा जलेर नष्ट भएको छ ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका-६ लखनपुर बस्ने भरत राउत कम्करको कच्ची घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुदाँ छिमेकी शिवलाल राउत कम्करको र रामायण ठाकुरको घरमा समेत आगलागी भई तीनै जनाको घर जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बर्दिया, गुलरिया नगरपालिका-८ आशापुर बस्ने करिब ५५ बर्षीय मुलचन्द्र लौधको नास्ता पसलमा शनिबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बर्दिया, गेरुवा गाउँपालिका-१ माधवपुर बस्ने गंगा शाहीको गोठमा शनिबार दिउँसो आगलागी हुदाँ करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार