आज देशैभरको मौसम सफा, भोलीदेखि पानी पर्ने संभावना
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १४:५०:१
२६ फाागुन काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका सबैजसो ठाउँको मौसम सफा रहने भएको छ ।
स्थानीय वायुको प्रभावले पूर्वी पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने र केही ठाउँमा छिटफुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ । मङ्गलबारदेखि भने देशभर सामान्य बादल लागेर पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी समेत पर्ने संभावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन २६ गते (सोमबार)
दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
फागुन २७ गते (मंगलबार)
दिउँसोः देशभर आँशिक बदली रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
फागुन २८ गते (बुधबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार