शनिबार , जेठ १, २०७८

पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

पाल्पामा महिलामाथि जबर्जस्ती करणीको प्रयास

२६ फाागुन काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया महिलालाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर सार्वजनिक भएको हो ।

सो घटनामा संलग्न वडा नं ३ बस्ने करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ । घटनास्थलमा महिलाको भित्री बस्त्र र शुरुवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए । पीडित महिला आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन् । रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित महिलालाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय