कोरोना भाइरस ‘कोभिड–१९’ को उद्गमस्थलमा सी चिनफिङ
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १७:२८:३९
२७ फागुन एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस ‘कोभिड–१९’को उद्गमस्थल मानिएको वुहानमा भ्रमण गरेका छन् । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले वुहानको भ्रमण गरेका हुन् । सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या १९ पुगेकाे थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे जानकारी लिनेछन् । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयसँग भेट गर्नेछन् ।
सोमबार देखिएको १९ संक्रमणमध्ये १७ जना वुहानका छन् । बाँकी दुई संक्रमण भने राजधानी बेइजिङ र गुआङडोङ प्रान्तका हुन् । तर बेइजिङमा भेटिएको संक्रमण बेलायतबाट र गुआङडोङमा भेटिएको संक्रमण पनि स्पेनबाट आएको बताइएको छ ।
चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार १३६ को मृत्यु भएको छ भने ८० हजार ७५४ संक्रमित भएका छन् ।यता चीनको हुबेई प्रान्तका अधिकारीहरुले व्यावसायिक क्षेत्रलाई सामान्य अवस्थामा तयारी गरेका छन् । स्थानीय पार्टीका प्रमुख यिङ योङले सोमबारको बैठकमा यस्तो निर्णय भएको बताएका हुन् ।
उनले विश्वव्यापी निर्यातको सञ्जाल भएका कम्पनीलाई सरकारले सहयोग गर्ने उनले बताएका छन् । साथै अन्य कम्पनीहरुलाई पनि सुरक्षित र सही समयमा आफ्नो व्यवसाय सञ्चालनको लागि सहयोग गरिने बताएको त्यहाँको स्थानीय समाचार पत्रिकाले उल्लेख गरेको छ ।
विश्वभर यो भाइरसको कारण मृत्यु हुनेको संख्या ४ हजार २७ पुगेको छ । संक्रमितको संख्या पनि १ लाख १४ हजार नाघिसकेको छ । चीनपछि सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटालीमा यो भाइरसबाट मर्नेको संख्या ४६३ पुगेको छ भने इरानमा २३७ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा यो भाइरसबाट ज्यान जानेको संख्या ५४ पुगेको छ । स्पेन र फ्रान्समा समान ३० जनाको ज्यान गएको छ भने अमेरिकामा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परिक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार